Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

झापा ११ लाई ३ गोल गर्दै मङपु गोल्ड कपको खिताब आर्मी रेडको झोलीमा

$
0
0
Army Red wins Mungpoo Gold Cup 2019 by scoring 3 goals to Jhapa 11 Nepal
मङपु, १ नोभेम्बर, राजेश थापा:मङपु युथ क्लबद्वारा सम्पन्न भइरहेको मङपु गोल्ड कपको चुडान्त खेला आर्मी रेड बनाम झापा ११ नेपाल माझ खुबै घमासान रुपमा सम्पन्न भयो | अपार दर्शकहरुको भीड माझ सम्पन्न आजको अन्तिम खेलमा आर्मी रेडले शुरुदेखि नै उत्कृष्ट प्रदर्शन दिंदै झापा ११ लाई अन्योलमा पारेका थिए | खेलको पूर्वार्ध भित्रमै आर्मी रेडका जर्सी नम्बर ७ इसान गुप्तले १४ मिनटमा एक गोल गरेपछि छाताछुल्ल पारेको नेपाल टीमलाई लगत्तै १५ मिनटमा आर्मी रेडकै जर्सी ११ जयन पीले अर्को गोल गरेपछि विपक्षीलाई हरेश खुवाएका थिए | यस्तैगरि उतरार्धको खेलमा पुन: आर्मी रेडकै पक्षबाट जर्सी नम्बर १३ प्रेम कुमारले तेश्रो गोल गरेपछि नेपाल टीमलाई ध्वस्त गर्दै आर्मी रेडलाई मङपु गोल्ड कपको खिताब आफ्नो पक्षमा लिए | आजको निर्णायक खेलमा उत्कृष्ट टीम केएफसी सिलिगुडी, आर्मी रेडका मल्ल ठकुरीलाई उत्कृष्ट गोल रक्षक आर्मी चयन गरियो | केबी गिरीको अध्यक्षतामा सम्पन्न समारोहमा जीटीए बीओए अध्यक्ष अनित थापाको बाहुलीबाट बिजयी टीम आर्मी रेडलाई पुरस्कार वितरण गरेका थिए भने पराजय टीमलाई सिन्कोना निर्देशक डा० सामुयल राईको बाहुलीबाट पुरस्कार वितरण गरियो | यसरी नै अन्य ट्रफीहरु सिन्कोना बगान व्यवस्थापक गोपाल लामिछाने, बिदुर कर्की, बीओए सदस्य अनु प्रदान, जीटीए पीआरओ आरबी लामा आदिको बाहुलीबाट प्रदान गरियो | फाइनल खेलमा आमन्त्रित कलाकार वोइस अफ नेपालका बिमोचना लोम्जेलले सुन्दर गीतहरु प्रस्तुत गरे भने सन्त जोसेफ विधालयले ड्रील प्रदर्शन गरे | यसरी नै आयोजकले पत्रकार टोली, फोटोग्राफर टोली लगायत खेल आयोजन गर्नमा सहयोग पुराउने सम्पूर्ण व्यक्तिहरुलाई पनि स्मृति चिन्ह सहित कृतज्ञता प्रकट गरेका छन् ||

Watch in Video

 

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles