Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

१९ दिसम्बरदेखि हुनेभयो स्वर्गीय निरुकला तामाङ - नन्दमाया राई स्मृति नक आउट फुटबल टुर्नामेन्ट

$
0
0
Simlay United Boys Club Mungpoo
मङपु, २१ अक्टुबर, राजेश थापा:मङपु विभाग अन्तर्गत सिम्ले युनाइटेड बोइज क्लब मङपुद्वारा विगत धेरै वर्षहरुदेखि आयोजन गर्दै आइरहेको स्वर्गीय निरुकला तामाङ स्मृति विजेता कप साथै स्वर्गीय नन्दमाया राई स्मृति उपविजेता कप नक आउट फुटबल टुर्नामेन्टको पाँचौं संस्करण आगमी १९ दिसम्बरदेखि शुरु हुने आयोजक पक्षबाट जानकारी प्राप्त भएको छ । यहाँको शारदा विधालय नजिक स्थित मङपु विभागीय जनमैदानमा सम्पन्न हुने टुर्नामेन्टको प्रत्येक दलमा ९ जना पुर्ण खेलाडी साथै तीन जना अतिरिक्त खेलाडीवर्ग रहनेछन् भने यसपालि टुनामेन्टमा सिमित दलहरुलाई मात्र समावेश गराउने निर्णय क्लबले लिएकोछ। यसको साथै टुनामेन्टको विजेतादल एवं उप-विजेता दललाई प्रदान गरिने नगद राशीलाई केही बढोत्तरी गर्दै यस संस्करण उसो विजेता दललाई रु 70,000/-(साथमा एकतोला सुनको प्लेट जडित् स्व:नीरुकला तामङ्ग स्मृति कप) अनि उप-विजेता दललाई रु40,000/- (साथमा स्व:नन्दमाया राई स्मृति कप)प्रदान गर्ने निर्णय पनि गरेको छ। जानकारी दिंदै आयोजक पक्षले ईच्छुक दलहरुले चाँडो सम्पर्क गरिदिने अपिल गरेको छ ।

                सम्पर्क: 9734416871 अरिफ मगर
                               7872454608 विश्वास मगर
                               9733239172 ओमकार थापा
                               9632191032 विशाल मगर।

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles