Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

अल इण्डिया बुद्धिष्ट फोरमले मुख्यमन्त्रीलाई सुम्पे १५० मेमोरेन्डम

$
0
0
All India Buddhist Forum 150 Memorandum to Chief Minister
अल इण्डिया बुद्धिष्ट फोरम महासचिव आकाश लामाको नेतृत्वमा अध्यक्ष जम्बु लामा, उपाध्यक्ष आनन्द तमु गुरुङ, एसएम घिसिंग, कोषाध्यक्ष लाक्पा छिरिङ गोले, प्रचार प्रसार सचिव सुरेन पाख्रीनको एक टोलीले कलकत्ता स्थित मुख्य राज्य सचिवालय नवन्नमा पुगी विगत दिनमा विभिन्न बौद्ध संघ – संगठन, गुम्बा आदिले सामुहिक रुपमा मुख्यमन्त्रीलाई गरेको सामुहिक मांग अनुरुप राज्य अल्पसंख्यक आयोगमा नर्थ बेंगालबाट दुई जना प्रतिनिधि सदस्यहरु मनोनित गरिनपर्ने लिखित सामुहिक मेमोरेन्डम जसमा अखिल भारतीय तामांग बौद्ध संघ, शेर्पा बौद्ध संघ, नेवार बुद्धिष्ट संगठन, गुरुङ तमु बौद्ध संगठन, लेप्चा बुद्धिष्ट एसोसिएशन, अभाम बौद्ध म्हानिपा संघ, बरुवा बुद्धिष्ट संगठन, भुटिया टिबेटेन बौद्ध संगठन साथै पहाड तराई डुवर्सका विभिन्न बौद्ध गुम्बाहरु, लामा संघ लगाएर जम्मा १५० मेमोरेन्डमको फाइल मुख्यमन्त्रीलाई सुम्पियो | यस बाहेक जसरी मुस्लिम धर्म गुरु इमामहरुले प्रति महिना प्राप्त गर्ने सरकारी आर्थिक अनुदान सरह प्रत्येक बौद्ध गुम्बाका प्रमुख लामाहरुले पनि उक्त सहुलियत पाउन पर्ने लिखित मागलाई राज्य अल्पसंख्यक सचिवालय नवान्नले स्वीकार गरेको जनाइएको छ | यसको निम्ति महासचिवले सहयोग र सहभागिता दिने सम्पूर्ण बौद्ध संघ, संस्था, एसोसिएशन, लामा संघ आदिलाई धन्यबाद प्रकट गर्दै यसको श्रेय सम्पूर्णलाई जाने बताए | यसै बौद्ध एकताको आवाज मुख्यमन्त्रीले सुन्ने विश्वास व्यक्त गर्दै सबैलाई यसको निम्ति पुन: कृतज्ञता प्रकट गरेको जानकारी प्रचार प्रसार सचिव सुरेन पाख्रीनले एक विज्ञप्ति मार्फत जनाएको छ || 

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles