दीर्घ दिनदेखि सबैले प्रतिक्षा साँचेको मङपु गोल्ड कप आजदेखि शुरु भयो | मङपुको युथ क्लबको कुशल आयोजनामा विगत केही वर्षहरुदेखि सम्पन्न हुँदै आइरहेको यस टुर्नामेन्टको उद्घाटनी कार्यक्रम भूतपूर्व शिक्षक केबी गिरीको सभापतित्व, शिक्षक घनश्याम राईको प्रमुख आतिथ्य अनि विशिष्ट अतिथि मनला अथेन्पा, सभापति सिक्किम फूटबल एसोसिएशनको उपस्थितिमा सम्पन्न भयो | सन्त जोसेप स्कूलका ब्याण्ड प्रदर्शनीपछि शुरु भएको आजको पहिलो म्याच सिक्किम हिमालयन फुटबल क्लबको घमासान भिडन्त गोर्खा ब्रदर्श असमसित भयो | मौसमको कारण खेल मैदानको अवस्था केही सोचनीय भएपनि खेलाडीवर्गले आफ्नो उत्कृष्ट प्रदर्शनी देखाउन चुकेनन् | फलत: पूर्वार्धको खेलमा दुवै दलमाझ बराबरीको टक्कर बनेपछि गोल छिराउन सकेन | उतरार्धको खेलमा सिक्किम हिमालयन एफसीका जर्सी नम्बर २२ जाजाले ४७ मिनटमा गोर्खा ब्रदर्शको गोल पोस्टमा एक गोल दागेपछि खेल रोचक बनेर गयो | दुवै दलको कडा चुनौती बिच पुन: सिक्किम हिमालयन एफसीकै जर्सी नम्बर ७ मेसौकेले ५८ मिनटमा अर्को गोल छिराउन सक्षम बनेपछि गोर्खा ब्रदर्श असमले हार स्विकार्नु परेको थियो | खेल अवधि सिक्किम हिमालयन एफसीका खेलाडी जाजाले रेड कार्डको सामना गर्नु परेको थियो भने यसै टीमका अर्का खेलाडी मेसौकेलाई म्यान अफ द म्याच चयन गरियो | आजको म्याचलाई चार जना महिला निर्णायकले संचालन गरेका थिए जसमा मुख्य निर्णायक रेश्मा छेत्री (राष्ट्रीय), सहयोगीहरु प्रेसिला तामांग(एसएफए), सुष्मिता राई(एसएफए) अनि चौथो अधिकारी सेनहाङमा सुब्बा(एसएफए) रहेकी थिइन् | आजदेखि शुरु भएको मङपु गोल्ड कपको ३० सितम्बर अर्थात भोलिको म्याच अविरल वर्षाले खेल मैदान सोचनीय बनाएको कारण आगमी १ अक्टोबरको दिन दार्जीलिंग हिमालयन एफसी बनाम शेयर एफसी कालेबुङ माझ सम्पन्न हुनेछ ||
Watch Video News HERE
Watch Video News HERE