Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

मानव तस्करी, नशालु पदार्थ आदिमाथि सचेतना कार्यक्रम

$
0
0
Awareness Programme on Drug Addiction, Legal Aid and Human Trafficking
गोर्खा वुमन्स वेलफेयर फोरम अनि मङपु युनाइटेड भेटरेन फुटबल संघको संयुक्त पहलमा आज सरस्वती उच्चतर माध्यमिक विधालयको प्रेक्षागृहमा नशालु पदार्थ, मानव तस्करी अनि न्यायिक उपायहरु बारे सचेतना कार्यक्रम सम्पन्न भयो | मङपु क्षेत्रका विभिन्न विधालयका विधार्थीहरुलाई लिएर सम्पन्न गरिएको कार्यक्रममा फोरमबाट आएका प्रतिनिधिहरुले बर्तमान युगमा युवा युवतीहरुमाथि नशालु पदार्थ, मानव तस्करी आदिले परेको प्रभाव अनि यसको रोकथाम बारे गाउँ समाज अनि बिशेष गरेर अभिभावकहरु नै सचेत रहनु पर्ने, यस्तो घटनाको लक्षण पाए के कसो गर्न पर्ने बारे जानकारी दिए | आफ्नो घरमा छोरा या छोरीको दैनिक गतिविधि, व्यवहार आदिलाई ध्यान दिएर अभिभावकवर्गले समयमा नै सचेत बने ठूलो घटना हुनदेखि बाँच्ने उपायहरु पनि कार्यक्रममा बताइएको थियो | मानव तस्करी हुने बिशेष कारणहरुमा आर्थिक अवस्था, उच्च चाहना, अज्ञानता आदि रहेकोले यी विभिन्न घटनाहरुको पूर्व लक्षण देखा परे मात्र पनि हेल्पलाइन नम्बरमा सम्पर्क गरिदिने भन्दै मोबाइल नम्बर पनि सबैलाई दिए | यसरी नै कार्यक्रमलाई सम्बोधन गर्दै मङपु पुलिस आउटपोस्ट प्रभारी सुप्रकास सरकारले पनि मानव तस्करी माथि आफ्नो मन्तब्य पोखे | सरस्वती उच्चतर माध्यमिक विधालय प्रधान शिक्षिका प्रभारी चन्द्रकला राईको प्रधान आतिथ्य साथै अमृत खड्का द्वारा संचालित कार्यक्रममा गोर्खा वुमन्स वेलफेयर फोरमका सभापति कविता प्रधान, सचिव निलु गुरुङ, सृजना तामांग, डाल्साबाट केन्द्र थापा आदिको उपस्थिति रहेको थियो भने मङपुका बिशेष व्यक्तित्वहरु, फोरमकै कर्मठ सक्रिय कार्यकर्ता राज्ली राई, मङपु युनाइटेड भेटरेन फुटबल संघका सभापति सन्तोष सिंग्दन, सचिव अल्फ्रेड कार्थक लगायत संघका सदस्यहरुको पनि महत्वपूर्ण सहभागिता रहेको थियो ||

Watch Video News HERE

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles