Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

सिन्कोनाको एघारौँ गेङमेन कार्यशाला सम्पन्न

$
0
0
Cinchona 11th Workshop at Mungpoo
सिन्कोना बगानको एघारौँ कार्यशाला निर्देशक डा० सामुयल राईको निर्देशनमा आज निर्देशालय प्रेक्षागृहमा सम्पन्न भयो | बिहान ९ बजेदेखि शुरु भएको कार्यशालामा पेमालमु भोटिया (ए एण्ड ए ), उप निर्देशक, व्यवस्थापकवर्ग क्रमश: बिदुर कार्की, धनदेव मुखिया, गोपाल लामिछाने, उधानविद लिना सुब्बा, सह व्यवस्थापकवर्गहरु डा० नयन थापा साङसीर विभाग, महम्मद मुस्ताफा काश्यम विभाग, डा० उज्ज्वल कुमार पति,  रङजुभेल्ली, बर्नाली विश्वास मङपु विभाग, प्रितम गौडा दलगाउँ रोंगो साथै सिन्कोनाका सबै सिन्कोना युनिटका गयाङमेनहरु, चप्रासी र बगान सहयोगीहरु अनि मङपु निर्देशालय अन्तर्गत विभिन्न नर्सरीका प्रभारीहरु सहयोगीहरुको  पनि उपस्थिति रहेको थियो |
कार्यशालाको शुरुमा व्यवस्थापक मुख्यालय गोपाल लामिछानेद्वारा उपस्थितिवर्गमा स्वागत जनाएपछि आज भन्दा छ महिना अघिदेखि आएका कार्य विवरण सबै विभागहरुले क्रमश: राखे |
सिन्कोना विस्तार अनि भेकेन्सी, इपिकेक विस्तार – भेकेन्सी, रबर, अलैंची, चिराइतो, जंगल बिस्तार, कफी, बाँसबारी, सिट्रोनेला, सुन्तला, डायसकोरिया, स्टेभिया, जिम्निमा, भर्टिभर, पच्यौली, जटामसी, किवी आदि सिन्कोनामा लगाइने अन्य विभिन्न खेतीहरुको विवरण विभागहरुले विस्तृत रुपमा राखेका थिए |
यसपछि आगमी छ महिनाको निम्ति कार्यको लक्ष्य बारे सबै विभाग अनि युनिटहरुले आ आफ्नो विवरण पनि राखे | सिन्कोना बगानको मर्यादालाई उतोरोत्तर वृद्धि गर्नको निम्ति बगानका कर्मचारी, सहयोगी अनि श्रमिकवर्गको उतर्दयित्व महत्वपूर्ण रहने भन्ने विश्वास दिलाउदै आजको सभामा सिन्कोना बगानका सम्पूर्ण पदाधिकारी अनि प्रभारीवर्गले यसरी सौहार्दपूर्ण वातावारणमा आफ्नो समयलाई सदुपयोग गरेको खण्डमा व्यवस्थापक मुख्यालयले सम्पूर्णलाई कृतज्ञता प्रकट गरे ||

Viewing all articles
Browse latest Browse all 3853

Latest Images

Trending Articles



Latest Images