Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

मङपुमा राशन कार्डको निम्ति क्याम्प

$
0
0
Digital Ration Card Correction Camp
हालमा डिजिटल राशन कार्ड आएपछि बढेको झमेला अन्तर्गत गत २४ सितम्बरदेखि तक्दाह खण्ड विकास अधिनस्थ मङपु क्षेत्रको निम्ति धमाधाम नयाँ राशन कार्डको आवेदन साथै शुद्दिकरण क्याम्प चलिरहेको छ | यहाँको रोंगचोंग ग्राम पंचायतदेखि लिएर रेसेप अनि लाब्दा ग्राम पंचायतको निम्ति रेशेप ग्राम पंचायत कार्यलयमा उक्त शिविर सम्पन्न भइरहेको छ | हरेक दिन विभिन्न ग्राम पंचायतका मानिसहरु आएर आफ्नो राशन कार्डको निम्ति क्रमबद्ध रुपमा आफ्नो पालो पर्खीरहेको र साँझ झमक्कै परुन्जेलसम्म रुघेर पनि कतिले आफ्नो काम बनाउन नसकिरहेको गुनासो पोखेका छन् भने यस्तैमा दैनिक बिजुलीको गडबडी, कार्यलय कर्मचारीहरुको कार्यलय आउने समयमा ढिलाई साथै अन्य कारणहरुले पनि काममा ढिलाई भइरहेको गुनासो छ | तक्दाह खण्ड कार्यलयका केही कर्मचारी साथै मङपु पंचायत कर्मचारीहरुको सहयोगमा सम्पन्न शिविरमा दुई भित्रमा पनि पुरा हुन नसक्दा भोलि अर्थात २६ सितम्बरको दिन अझ मियाद बढाइएको जानकारी कार्यलय पक्षले दिएको छ भने यसरी तीन दिन भित्रमा सबैको आवेदन अनुरुप काम पुरा गर्ने लक्ष्य राखेको भएपनि यसभित्र पनि हुन नसके अब दार्जीलिंग गएर सो कार्य गर्नपर्ने पनि तक्दाहबाट आएका पंचायत क्लर्कले जानकारी दिएका छन् ||

Watch Video News Here

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles