Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

कोलकाता उच्च न्यायालयका न्यायाधीश अरिन्दम सिन्हा मङपुमा

$
0
0
High Court Justice Arindam Sinha in Mungpoo
कोलकाता उच्च न्यायालयका माननीय न्यायाधीश अरिन्दम सिन्हा शनिबार अचानक मङपु आएर सिविल न्यायाधीश कनिष्ठ प्रभाग एवम न्यायिक मजिस्ट्रेटको न्यायालय निर्माण हेतु नयाँ जमीनको निरिक्षण गर्न स्थलगत भ्रमण गरेका छन् | विगत १८ फरवरी २००६ को दिन कोलकाता उच्च न्यायालयका मुख्य न्यायाधीश माननीय विकास श्रीधर सिर्पुक्कारको बाहुलीबाट मङपु रेसेप बजारमा सिविल न्यायाधीश कनिष्ठ प्रभाग एवम न्यायिक मजिस्ट्रेटको न्यायालय स्थापित गरेतापनि आज पर्यान्त उक्त न्यायालयको भवन भाडा तिरेर चलाइरहेको कारण सरकारी तौरमा नयाँ भवन निर्माण गर्न हेतु न्यायाधीशको भ्रमण रहेको जानकारी प्राप्त भएको छ | आज करिब ११ बजे उसो मङपु आइपुगेका न्यायाधीश सिन्हाले नयाँ न्यायालय निर्माणको निम्ति यहाँको प्रसिद्ध पर्यटन स्थल रविन्द्र संग्रहालयदेखि केही परको जमीनको निरिक्षण गरेका छन् | तिनलाई जिल्ला न्यायाधीश उत्तम कुमार सव, मङपु कोर्टका न्यायिक मजिस्ट्रेट रुपेन्द्र बोस, तक्दाह खण्ड विकास अधिकारी टीडी भोटिया, बीएलआरओ नारायण दास, पीडब्ल्युडी सहायक अभियन्त टाँसी छिरिङ, एसएई प्रणय लामाले सहयोग पुराएका थिए भने सिन्कोनाको जमीन रहेको कारण जमीन विवरण साथै स्थान चिन्हित गराउन सिन्कोना विभागको पक्षबाट सहायक व्यवस्थापक बर्णाली विस्वासले सहयोग पुराएका थिए ||

Watch Video News HERE

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles