कानुनी सहायता तथा सचेतना कार्यक्रम स्थानीय मेन रोड जेनिथ कम्प्युटर केन्द्र अघि केपी शर्माको सभापतित्वमा सम्पन्न भयो | कार्यक्रममा मुख्य अतिथि किरण ब्लोन, चन्द्रकला राई, देविका मोक्तान, शानु भट्टराई, महेश लकान्द्री, कपिल लोहार, सरोजा राई लगायत रुपाश बोम्जन आदिको उपस्थितिमा दार्जीलिंगको एक दल एडभोकेटहरु शृष्टिराज राईको अगुवाईमा कानुन सहायता तथा सचेतनाका तथ्यहरु राख्न यस भेलामा अंश ग्रहण गरेका थिए | दार्जीलिंगबाट वकिलहरुको दलमा राजा गुप्त, पेमा रिन्चेन योल्मो, रिवाज राई, क्रोजेन राई, अनन्त प्रियदर्शी राई, दार्शी लामा, मङपूको शृष्टिराज राई आदिको उपस्थितिमा आज विधिवत रुपमा च्याम्बर उद्घाटन गरियो साथै आम जनतालाई कानुनले कसरी सहायता प्रदान गर्दछ सो बारे उपस्थितिलाई क्रमगत रुपमा जानकारी गराए | सामाजिक अपराध नियन्त्रण, बाल श्रम रोकथाम, महिला अपराध नियन्त्रण, घरेलु हिंसा जस्ता सामाजिक घटनाहरु हुन नदिन आम जनतालाई सजग गराइयो भने यसमा समाजको सचेत नागरिकको सकारात्मक सोंच हुनपर्ने आयोजक पक्षबाट आह्वान गरियो | यो सहायता केन्द्रले सबै बर्गलाई बिशेष अल्पशिक्षित, आर्थिक कम्जोर साथै सम्पूर्ण समुदायलाई समान दृष्टिकोण राखेर प्रत्येक कानुनी झमेलालाई ठोस समाधानको दिशामा लान एक माइल खुट्टी प्रमाणित होस् भन्ने आजको उपस्थितिले सभामा कानुनविदहरुलाई अपिल गरे | जातिको पद्स्थान र पदस्थिति त्यस भित्रको कार्य क्षमता र योग्यताले निर्धारण गर्दछ र आजको युवा वकिलहरुको जमातले असल तर्क राखेर निपुणताको साथ् डटेर सिंगो समाजलाई मार्ग निर्देशन गर्न पर्ने मुख्य वक्ता किरण ब्लोनले राखे | यो कानुनी सहायता केन्द्रले निरन्तरता राखेर मङपूको जनतासंग सेवाको भावना राखेर काम गर्दै सफलता प्राप्त गरोस भन्ने उपस्थितिको शुभकामना थियो ||
↧