Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

त्रिशुले फाटक चालक कल्याण संगठनद्वारा चलचित्र आप्पा टोलीलाई मङपुमा नागरिक सम्मान

$
0
0
Appa Nepali Movie team felicitate in Mungpoo
मङपु, राजेश थापा:  हाल बहुचर्चित अनि सिनेमा हलहरुमा धमाका मचाएको नेपाली चलचित्र आप्पाको टोलीलाई मङपुमा नागरिक सम्मान जनाइएको छ | त्रिशुले फाटक चालक कल्याण संगठन, बिचकमान, मङपु सिन्कोना विभागको आयोजनामा सम्पन्न विश्वकर्म पुजाको पुणित तिथि पारेर संगठनले चलचित्र आप्पाका टोलीलाई यो सम्मान जनाएको छ | “आप्पा” - नेपाली चलचित्र जगतकै यसवर्षको रेकर्ड तोड चलचित्र हो जो भारतीय नेपाली अथवा दार्जीलिंगबाट निर्माण गरिएको एउटा सफल चलचित्र पनि हो | आजको सम्मान कार्यक्रममा चलचित्रका नायक दयाहाङ राई बाहेक निर्देशक अनमोल गुरुङ, निर्मता रुदेन सादा लेप्चा, नायक सिद्धार्थ राज तामांग, नायिका अलोना काबो लेप्चा, कलाकार देवाशीष, कार्यकारी निर्मता माबो हाङ, गायक थुप्देन भोटिया, गायिका स्नेहश्री थापा, शब्दकार उमेश उपमा, प्रोडक्शन व्यवस्थापक पुष्कर सिंगर अनि अन्य उपस्थित रहेका थिए जसलाई आयोजक समितिले टोपी, अंगवस्त्र, फूल गुच्छा अनि स्मृति चिन्ह आदि दिएर नागरिक सम्मानले आभूषित गरे | यसै कार्यक्रम अवधि चलचित्रका गायक थुप्देन भोटिया अनि स्नेहश्री थापाले हावा सररर गीत सुनाएर सबैलाई रोमान्चित पारेका थिए भने कालेबुंगका निर्देशक अनमोल गुरुङले हाम्रो आफ्नो कथालाई हामी आफैले जति कसैले बुझ्न सक्दैन यसैले हामीले हाम्रो कथा व्यथालाई हामी आफैले उजागर गर्नपर्छ, हामीभित्रनै कला छ, कलाकार छ यसलाई सही प्लाटफर्म दिनसक्नु पर्छ भन्दै मङपुभित्रको कला र कलाकारलाई उजागर गर्न हो भने मङपुभित्रबाटै चलचित्र निर्माता जन्मन पर्छ भन्दै सबैलाई हौसला दिए | यसै कार्यक्रम अवधि विगत वर्ष भोइस अफ नेपालमा भाग लिएकी सलिना रामुदामुलाई पनि सम्मान जनाएको थियो |
बिशेष चलचित्र आप्पामा मङपुका दुई रत्नहरु शब्दकार उमेश उपमा अनि प्रोडक्शन म्यानेजर पुष्कर सिंगर पनि सम्मेलित भएको कारण आप्पाको सफलतामा सम्पूर्ण मङपुले नै गर्ववोध गरेको छ भने यता त्रिशुले चालक कल्याण संगठन सचिवले चलचित्र आप्पा हामी जस्तै चालकको जीवनमा आधारित चलचित्र रहनुको साथै मङपुकै दुई व्यक्ति पनि यसमा सामेल भएको कारण चलचित्र टोलीलाई अझ भविष्यमा सफलताको कामना गर्दै नागरिक सम्मान गर्ने यो क्षुद्र प्रयास रहेको बताएका छन् | साहित्यकार सुरेन्द्र थिङको प्रमुख आतिथ्य रहेको कार्यक्रममा सिन्कोना सहव्यवस्थापक वर्नाली विश्वास विशिष्ट अतिथिको रुपमा उपस्थित थिए भने संजीव घिसिंगको अध्यक्षता रहेको कार्यक्रमलाई पुष्कर सिंगरले संचालन गरेका थिए ||

Viewing all articles
Browse latest Browse all 3853

Latest Images

Trending Articles



Latest Images