Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

बौद्ध शान्ति र्याली बारे मङपुमा अल इण्डिया बुद्धिष्ट फोरमको सभा

$
0
0
All India Buddhist Forum meeting in Mungpoo
यहाँको मङपु विभाग स्थित छोईखोरलिङ सार्वजनिक बौद्ध गुम्बामा अल इण्डिया बुद्धिष्ट फोरमको एक महत्वपूर्ण सभा गुम्बा संचालन समिति सभापति युसी योन्जनको अध्यक्षतामा सम्पन्न भयो | केन्द्रीय प्रतिनिधि साथै सभाध्यक्षवर्गलाई खादार्पणपछि बुद्ध मंगलाचरण कालेबुंग गुम्बाबात उपस्थित लोबेनबाट गरियो | केन्द्रीय प्रचार प्रसार सचिव सुरेन पाख्रीनले स्वागत सम्भाषण राख्दै फोरमको मूल उदेश्यमाथि प्रकास पार्दै बौद्ध धर्मका सम्पूर्ण सम्प्रदाय तामांग, भोटिया, लेप्चा, बरुवा, शेर्पा, याल्मो, गुरुङ सबैलाई समेटेर एउटै मंचमा ल्याइ बौध एकताको परिचय सरकार समक्ष राख्नुको निम्ति सबै अघि आइदिने आह्वान गरे | सभालाई सम्बोधन गर्दै फोरम केन्द्रिय अध्यक्ष जम्बु लामाले हामी माझ एकताको कमीले अन्य धर्मान्तरण भइरहेकोमा चिन्ता व्यक्त गर्दै प्रत्येक प्रतिनिधि सदस्यहरुलाई बौद्ध धर्म, महान संस्कार आदि नबुझेकाहरुलाई बुझाउन कर्तब्य रहेको बताए | यसै एकताको बलद्वारानै विगतमा राज्य सरकारले बुद्ध पुर्णिमालाई राज्यमा सरकारी विदाको घोषणा गरेको भनी बताए साथै अबको माग नर्थ बंगालबाट अल्प संख्यक सरकारी विभागमा बौद्ध प्रतिनिधि मनोनित हुनपर्ने माग दोहोराउदै आगमी २२ सितम्बर को बौद्ध शान्ति र्याली सिलिगुडीमा सम्पन्न हुने बताउदै यसलाई सफल बनाउन स्थानीय कमिटि गठन गरि यसले बृहत संख्यामा बौद्ध सदस्यहरुलाई सामेल गराइदिने आह्वान पनि गरे | केन्द्रीय प्रमुख सल्लाहकार एके जिम्बाले पनि एकताको महत्व बारे जनाउदै कुनै बाधा अड्चन केवल एकताको बलले सजिलो हुने बताए | केन्द्रीय सहसचिव जोह्नी तामांगले संचालन गर्दै आगमी २१ सितम्बर बौद्ध विज्ञजनहरुद्वारा बौद्ध संगोष्ठी सिलिगुडी दार्जीलिंग मोड स्थित मंगल माइती भवनमा सम्पन्न हुने जानकारी दिए ||

भिडियोमा यही समाचार हेर्नलाई यहाँ CLICKगर्नोस्

Viewing all articles
Browse latest Browse all 3853

Latest Images

Trending Articles



Latest Images