Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

तक्दाह खण्डमा ऐक्यश्री छात्रवृत्ति क्याम्पको समापन

$
0
0
Aikyashree Scholarship Takdah Block Darjeeling
रंगली रंगलियट खण्ड विकास‌ कार्यालयको आयोजनामा यसै वर्षदेखि मुख्यमन्त्रीद्वारा अल्पसंख्यक नानीहरूको निम्ति शुरू गरिएको ऐक्यश्री छात्रवृत्तिको धारावाहिक रूपमा ११ वटा ग्राम पंचायतहरूमा २२ तारिखदेखि शुरु भएको अनलाइन क्याम्पको आज समापन रेसेप जीपीमा भयो। आजको यस शिविरमा सेन्ट एन्थोनी, सेन्ट मंगल, हिल एन्जल आदि बेसरकारी सरकारी पंजीकृत स्कुलहरु वाहेक सरकारी  स्कुलहरुले भाग लिए। एएसके अनि एम एस के को एकदमै न्यून सहभागिता रहेको विभागद्वारा जानकारी पाइएको छ।
यसबाहेक आजको शिविरमा ओबिसि, जनजाति, अनुसूचित जनजाति छात्रवृत्ति शिक्षाश्रीको पनि अनलाइन आवेदन गरियो। आजको यस शिविरमा बी सि डब्ल्यु अधिकारी फुर्मु डोल्मा लेप्चा, ललित रोय, विद्या शर्मा, लासांग शेर्पा, आशीष सुब्बा, राजीब सरकार, बिकास गुरुङ आदिको उपस्थिति थियो।

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles