Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

सिन्कोनाको पदोन्नति खोज्दै सहायक संगठनले गर्ने पेन डाउन स्ट्राइक

$
0
0
Cinchona Helper Association pen down Strike for group D
मङपु, २६ अगस्त, निस: सिन्कोना बगानमा झट्ट ग्रुप डी पदोन्नति प्रक्रिया चालु गराउने माग गर्दै सिन्कोना सहायक संगठनले पेन डाउन स्ट्राइक गर्ने निर्णय लिएको छ | सिन्कोना बगानमा धेरै वर्षहरुदेखि ग्रुप डी पदोन्नति प्रक्रिया बन्द रहेको छ | यस्तो अवस्थामा सिन्कोनाका सहायक मजदुरहरुले खुबै न्युनतम रोजमा ठूलो ठूलो जिम्मेवारीहरु निभाउन परिरहेको छ |  ग्रुप डीको धेरैवटा रिक्त पदहरु हुँदा हुँदै पनि सिन्कोना बगानमा यो प्रक्रिया सुचारु हुन नसकेको कारण सिन्कोनाका चारैवटा युनिट मङपु, रोंगो, मनसोङ,लाठपन्चरका सहायक मजदुरहरु दीर्घ दिनदेखि पिडित छन् | यसैले यी चारैवटा युनिटका सहायकहरुले अब धेरै भयो, धैर्यको सिमा नाघ्यो यसैले अब सडकमा उत्रेर आन्दोलन गर्नेछौं भन्दै सिन्कोना सहायक संगठन केन्द्रिय समिति सचिव मुनाल घिसिंगले आज केन्द्रीय समितिको महत्वपूर्ण सभापछि पत्रकार सम्मेलन गर्दै यसो भनेका छन् | विगतमा हामीले धेरै आन्दोलनहरु गर्यौं, धेरै आश्वाशनहरु पनि पायौं, केही हुन्छ होला भन्दै पर्खेर बसेका थियौं तर सडकमा उत्रेर आन्दोलन भने गरेका थिएनौं | सिन्कोनाको एउटा मजदुरको न्युनतम रोजमा धेरै जिम्मेवारी उठाउँदै यत्तिका वर्षहरुसम्म सेवा गर्दापनि त्यसको कुनै लेखाजोखा र मुल्यांकन नभएको कारण अब सिन्कोनाको निर्देशलय, व्यवस्थापक कार्यालय अनि सम्पूर्ण विभागीय कार्यलयहरुमा आगमी २९ अगस्तदेखि गणतान्त्रिक ढंगमा असहयोग आन्दोलन स्वरूप पेन डाउन स्ट्राइक गर्ने केन्द्रिय समितिले निर्णय लिइसकेको सचिव मुनाल घिसिगले थप जनाएका छन् | सिन्कोना सहायक संगठन केन्द्रीय समिति सभापति साङदोर्जे तामांगको अध्यक्षतामा मङपु निर्मला चौकमा सम्पन्न सिन्कोनाका चारैवटा युनिटहरु मङपु, रोंगो, मनसोंग अनि लाठपन्चरबाट सहायक संगठनका प्रतिनिधिहरु पनि उपस्थित रहेका थिए | 

Watch Video news HERE

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles