Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

सरस्वती विधालयद्वारा अरण्य सप्ताह पालन

$
0
0
Afforestation camp by Saraswati Higher Secondary School Mungpoo
मङपुको सबै भन्दा पुरानो शैक्षिक संस्थान सरस्वती उच्चतर माध्यमिक विधालयले सप्ताहव्यापी अरण्य सप्ताह पालन गरेको छ | विधालयको ७५ औं स्थापना वर्ष प्लाटिनम जुबिलीको अवसर पारेर पालन गरिरहेको अरण्य सप्ताह अन्तर्गत विधालयले विभिन्न क्षेत्रहरुमा बिशेष सुन्दरीकारणलाई अघि राखेर चाँप, गुराँस, पैंयु, फलेदो उतिस, कृष्ण चुडा, राधा चुडा आदि वृक्षहरु रोपन गरे | विधालय शिक्षक विशोर कार्की, घनश्याम राई, संजीत राई अनि अन्य शिक्षकहरुको अग्रसरतामा बाह्रौं श्रेणीका विधार्थीहरुलाई लिएर विगत ८ अगस्तदेखि शुरु गरिएको अभियानले आज अन्तिम रुप लिएको छ | यसै अवसरमा शिक्षक विशोर कार्कीले विधार्थीहरुलाई ब्याक टु द नेचर जस्ता उपदेश दिएर पर्यावरणलाई कसरी सफा सुन्दर र मानिस जिउन योग्यको बनाउने कुरो बताउँदै मासिंदै गइरहेको बन जंगल अनि प्रदुषित पर्यावरणलाई पुन: फर्काइल्याउने सानो कोशिश गरिएको बताए | विगत दिनहरुमा विभिन्न संघ संस्था आदिले वृक्ष रोपन एक दिन गरेर बाँकीका दिनहरु त्यसै छोड्ने भएकोले विधालयले यसपल्ट रोपेका विरुवाहरुलाई कमसेकम पांच वर्षसम्म नजरमा राख्ने बताएका छन् | यस कार्यलाई सफल पार्न रेशेप सिन्कोना विभाग, सिकोना निर्देशक, व्यवस्थापक, सहव्यवस्थापक अनि बागडोग्रा रेन्ज अधिकारी टी भुटिया आदिले पुराएको सहयोग प्रति विधालयले कृतज्ञता प्रकट गरेका छन् ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles