Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

मङपु सिन्कोनाको अस्पतालले दुई वर्षपछि डाक्टर पाए

$
0
0

New Doctor Arup Ghosal in Mungpoo Cinchona Hospital
जीटीए अनि सिन्कोना बगान निर्देशक डासामुएल राईको पहलमा मङपु अस्पतालमा आजदेखि नयाँ डक्टर अरुप घोशलले कार्यभार सम्हालेका छन् | गत दुई बर्षदेखि मङपु  सिन्कोना सरकारी अस्पतालमा डक्टर नभएको कारण सिन्कोना बगान श्रमिक कर्मचारीवर्गले धेरै नै दु:ख कष्ट झेल्न परिरहेको थियो भने आजदेखि पुन: अस्पतालमा डाक्टरको नियुक्ति भएपछि सम्पुर्ण मङपुबासीमा हर्षको लहर छाएको छ | डा अरुप घोषालले यस भन्दा अघि पनि २०११ सालमा  एक बर्ष यस अस्पतालमा कार्यभार सम्हाली सकेकोपत्रकारहरुलाई बताउदै सिन्कोनाबासी जनतालाई फेरि पनि सेवा गर्ने मौका पाएकोमा  आफु खुशीरहेको बताउए भने सम्पूर्ण बिरामीहरुलाई राम्रोसित देखरेख गर्ने कुरो जनाए | यसरी प्राय दुई बर्षपछि मङपु अस्पतालमा डाक्टरको नियुक्ति गरिदिएकोमा सिन्कोनाबासी जनताले जीटीए अध्यक्ष अनीत थापा, बगान निर्देशक डा.सामुएल राई अनि सम्पूर्ण ट्रेड युनियनका प्रतिनिधिगणलाइ आभार व्यक्त गरेका छन् | अर्कोतिर आज नै मङपु लगायत रोंगो,मोनसोंङ अनि लाटपन्चरको सिन्कोना बगान अस्पतालमा पनि  नयाँ डाक्टरले नियुक्ति गरिने जानकारी प्राप्त छ ||

Viewing all articles
Browse latest Browse all 3853

Latest Images

Trending Articles