Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

तोडिएको रुबेन छेत्रीको घर सिन्कोना विभागले नै बनाइदिने अनित थापाको निर्देश

$
0
0
Anit Thapa GTA Chairman visited house dismantled by Cinchona officer in Mungpoo
सिन्कोना बगानअधिनस्थ जमीनमा बिना अनुमति घर निर्माण गरेपछि विभागले उक्त घर तोडफोड गरेको घटनाको छानबीन गर्न जीटीए अध्यक्ष एवं गोजमुमो महासचिव अनित थापा आज मङपू पुगेका थिए। अनित थापाले विभागद्वारा भत्काइएको उक्त घरमै पुगेर घर परिवार तथा गाउँलेहरूसित भेटघाट गरी उनीहरूको पक्ष सुने भने विभागीय अधिकारीहरूको तर्फबाट उनीहरूको पक्ष सुने।

यसबाहेक सिन्कोना बगान निर्देशक कार्यालयमा बगानका मुख्य प्रबन्धक अनि सह-प्रबन्धक वर्णाली विश्वाससित पनि थापाले एउटा आधिकारीक बैठक बसे। उक्त आधिकारीक बैठकमा विभागले भत्काएको रूपेनको घर विभागले नै निर्माण गरिदिने निर्देश दिए।

उक्त बैठकपछि अनित थापाले पत्रकाकहरूलाई सम्बोधन गर्दै भने- सिन्कोना विभागले आफ्नो कानूनमात्रै हैन तर यहाँका पुर्खौदेखि बसोबासो गर्दै आइरहेका मानिसहरूको परम्परालाई पनि ध्यान दिनुपर्छ। यहाँ पुर्खौदेखि सिन्कोनाको जमीनमा बसोबासो गर्दै आइरहेका मानिसहरू छन् जसको कुनै आधिकारीक कागजपत्र अथवा पर्जापट्टा छैन। यदि विभागले यस प्रकारले सिन्कोनावासीहरूमाथि कार्वाही गर्न थाल्यो भने हजारौं सिन्कोनावासीहरू बेघर  हुनेछन्। यसैले सिन्कोना विभागले आफ्नो कानून अनि पुरानो समयदेखि सिन्कोनाले आफ्नै प्रकारले चलाउँदै आइरहेको परम्परा दुवैको ध्यान राखेर कार्य गर्नु आवश्यक रहेको छ।

अर्कोतर्फ विभागले कानूनी तौरमा उक्त कार्य गरेको भए पनि उक्त ठाउँमा लामो समयदेखि बसोबासो गरिरहेको रूबेन छेत्रीलाई मानवताको आधारमा भने अन्याय भएको छ। यसैले उनको घर विभागले नै बनाइदिनुपर्ने निर्देश पनि मैले विभागलाई दिएको छु, भनी थापाले अघि भने।

उक्त मुद्दामाथि सिन्कोना विभाग अनि परिवारपक्षमाझ भूल बुझाबुझ भएको उल्लेख गर्दै जीटीए अध्यक्ष अनित थापाले यस विषयलाई लिएर कसैले पनि अशान्ति एवं मतभेद सृजना नगरिदिने पनि उनले अपील गरे।

 सिन्कोनावासी अनि सिन्कोना प्रशासन दुवैपक्ष मिलेर नै सिन्कोना बगानको भविष्य निर्माण गर्न सकिनेछ। यसैले दुवैपक्षमाझ आपसी तालमेल अनि सद्भावना हुन अति जरूरी छ। यसैले भविष्यमा फेरि फेरि यस प्रकारको घटना नदोहोरियोस् भन्ने पनि म चाहन्छु। सिन्कोना विभागले कुनै पनि सिन्कोनावासीलाई अन्याय वा बलपूर्वक कार्वाही नगरिदिने तथा सिन्कोनावासीले पनि कुनै राजनैतिक वा सामाजिक शक्तिहरूको सहारा लिएर स्वार्थी कार्यहरू नगरिदिने म अपील गर्दछु। सिन्कोना बाँचे सिन्कोनावासीको भविष्य बाच्नेछ। भविष्यमा सिन्कोना बगानवासी अनि विभाग दुवैपक्षले  उक्त कुरालाई ध्यान दिने पनि मेरो अनुरोध छ।

Viewing all articles
Browse latest Browse all 3853

Latest Images

Trending Articles



Latest Images