Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

जीटीएले बाँड्यो पहिलो चरणको शिक्षक नियुक्ति पत्र

$
0
0
GTA distributes appoinment letter to volunteer teachers
जीटीएद्वारा दार्जीलिङ पहाड़का विभिन्न विद्यालयहरूका स्वयंसेवी शिक्षक-शिक्षिकाहरूलाई नियुक्ति पत्र प्रदान गर्न शुरू गरयो। आज जीटीएको सचिवालय लालकोठीमा  जीटीए अध्यक्ष अनित थापा, उत्तर बगं उन्नयन पर्षद्का अध्यक्ष एवं जीटीए मुख्य सल्लाहकार अमरसिहँ राई,  डीआई प्राण गोविन्द सरकार अनि जीटीए शिक्षा विभागका कार्यकारी निर्देशकले पहिलो चरणमा जीटीएक्षेत्रका कूल 12 वटा अप्पर प्राइमेरी न्यू सेटअप स्कूलका कूल 59 जना स्वयंसेवी शिक्षक-शिक्षिकाहरूलाई नियुक्ति प्रदान गरे।

यसबाहेक उच्च एवं उच्चत्तर माध्यमिक विद्यालयका 313 भेरिफाइड स्वयंसेवी शिक्षक/शिक्षिकाहरूको पनि आजदेखि नियुक्ति प्रक्रिया शुरू गरिएको छ। नियुक्ति प्रक्रियाको आज पहिलो चरणमा 10 जना वरिष्ठ (सिनियर) स्वयंसेवी शिक्षक/शिक्षिकाहरूलाई नियुक्ति प्रदान गरियो।  अब सिनियरिटीको आधारमा नै अन्य शिक्षकहरूको पनि पालै-पालो नियुक्ति प्रदान गरिनेछ भने जीटीएको तर्फबाट नियुक्ति प्रक्रियासितै 313 को भोलेन्टियर लिस्टमा रिभ्यू पनि गरिनेछ।

उल्लेख्य, गत लोकसभा चुनाउ अघि नै  विभिन्न उच्च एवं उच्चत्तर माध्यमिक विद्यालयका कूल 313 भेरिफाइड भोलेन्टियर टिचर्स, 12 न्यू सेटअप अप्पर प्राइमेरी स्कूलका 59 भोलेन्टियर टिचर्स, 14 वटा गैरमान्यता प्राप्त (Unrecognised) निम्नोच्च विद्यालयलाई सरकारी मान्यता प्रदान गर्ने , 4 जना  नियुक्ति रद्द भएका शिक्षकहरूलाई पुन नियुक्ति प्रदान गरिने विषयमा पश्चिम बंगाल सरकारले अध्यादेश जारी गरेको थियो। तथापि त्यसको लगत्तैपछि चुनाउ आचार संहिता  लागु भएको कारणले गर्दा उक्त अध्यादेशमुताविक नियुक्ति प्रक्रिया शुरू गर्न सकिएको थिएन। सोही अध्यादेशको आधारमा आजदेखि नियुक्ति प्रक्रिया शुरू गरिएको हो। नियुक्ति प्रक्रिया संगसंगै 14 वटा गैरमान्यता प्राप्त विद्यालयहरूलाई पनि सरकारी मान्यता प्रदान पनि गरिनेछ।

आज नियुक्ति प्राप्त गर्ने सम्पूर्ण स्वयंसेवी शिक्षक/शिक्षिकाहरू सबैलाई बधाई शुभकामना व्यक्त गर्दछु। यसबाहेक सम्पूर्ण शिक्षक-शिक्षिकाहरूले दत्तचित्त एवं लगनशील भएर हाम्रा विद्यार्थी नानीहरूलाई निस्वार्थ एवं गुणस्तरीय शिक्षा प्रदान गरिदिनहुन पनि म अनुरोध गर्दछु। दार्जीलिङ पहाड़को शैक्षिक व्यवस्थालाई उकासेर पुरानो गरिमा फर्काइ ल्याउन हो भने प्रत्येक शिक्षक-शिक्षिकाहरूले आफ्नो जिम्मेवारी अनि दायित्व बुझेर गुणस्तरीय शिक्षा विद्यार्थीहरूलाई प्रदान गर्नु आवश्यक रहेको छ। यो जिम्मेवारी प्रत्येक शिक्षक/शिक्षिकाहरूले इमान्दारितापूर्वक वहन गर्नेछ भन्ने कुरामा म पूर्ण विश्वस्त पनि छु।

अनित थापा
अध्यक्ष
गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन।

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles