Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

मङपुका ज्ञानचन्द्र परियारले पाए विधावरिधिको उपाधि

$
0
0
Gyanchandra Pariyar of Mungpoo completed PhD in Chemistry
मङपुले फेरि अर्को एकजना डाक्टरेट जन्माएको छ | मङपु सिन्कोना बगानको रेशेप धुरा निवासी पिता डी कुमार परियार तथा माता मिनु परियारका शुपुत्र ज्ञानचन्द्र परियारले केही दिन अघि मात्र आफ्नो सोध कार्य पूर्ण गरी विधावारिधिको उपाधि ग्रहण गरेका छन् | तिनले रसायन विज्ञान विषयमा सोध कार्य गरेका थिए | प्राथमिक शिक्षा यहाँको सनराइज नर्सरी स्कुल, माध्यमिक शिक्षा सन्त रोवर्ट्स उच्चतर माध्यमिक विधालय दार्जीलिंग, उच्चतर माध्यमिक शिक्षा सन्त जोसेप कलेज दार्जीलिंग अनि स्नातकमा रसायन विज्ञान अनर्स गर्दै मास्टर डिग्री उतरबंग विश्वविधालयबाट हासिल गरेका थिए | यसरी नै तिनले एनइटीमा सीएसआइआर, युजीसी, रामकृष्ण बीटी कलेजबाट बीएड गरेपछि पुन: उतरबंग विश्व विधालयमा रसायन विज्ञान विभागमा शोध कार्य पूर्ण गरेका हुन् | तिनको यस उपलब्धिले तिनी अनि तिनको परिवार मात्र नभएर सम्पूर्ण मङपुबासीलाई नै गौरवान्वित तुल्याएको छ | आश्चर्य र संयोगको विषय के छ भने पुर्व सिन्कोना निर्देशक डा० ज्ञानचन्द्र सुब्बापछि डा० ज्ञानचन्द्र गुरुङ हुँदै आज ज्ञानचन्द्र परियार एउटै नाम भएका तेश्रो व्यक्तिले विध्यावरिधि हासिल गरेका छन् | हालमा तिनी दार्जीलिंग सरकारी उच्च विधालयका शिक्षक पेशामा संलग्न छन् ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles