Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

१ जुलाईदेखि सबै सिन्कोना अस्पतालमा डाक्टर नियुक्त गरिने

$
0
0
Gagan Rai President Cinchona Plantation Workers Union
मङपु, २१ जून, राजेश थापा:विगत दुई वर्षभन्दा अधिक समयदेखि सिन्कोना बगानको अस्पतालहरुमा डाक्टर नभएर सिन्कोना बगानबासीहरुले सक्दो समस्या झेल्न परे पनि आउँदो १ जुलाईदेखि ती अस्पतालहरुमा डाक्टर नियुक्त गरिने जानकारी सिन्कोना प्लान्टेशन वकर्स युनियन अध्यक्ष गगन राईले दिएका छन् | युनियनको केन्द्रीय समितिले गत फरवरी महिनामा नै यस विषय लिएर नवन्नमा पुर्व हिल अफेयर्स डिपार्टमेन्ट सचिव अतृ  भट्टचार्यसित बसेको बैठकमा एब्ज्व्सन पदोन्नति संगसंगै सिन्कोना प्लान्टेशनको पाँचैवटा बगानहरुमा डाक्टर नभएको र सिन्कोना बगानबासीले जटिल समस्याको सामना गर्न परिरहेको जानकारी गराउंदै झट्टै डाक्टर नियुक्त गरिदिने माग गरेको थियो | जुन मागमाथि पहल भएको युनियन अध्यक्षले बताएका छन् | उक्त भेटवार्तामा सिन्कोना निर्देशक डा० सामुयल राई स्वय पनि उपस्थित रहेका थिए भने तिनले आधाकारिक माग पत्र पनि चडाएका थिए | जसको परिणाम स्वरूप आज सम्पूर्ण सिन्कोना अस्पतालमा पुन: डाक्टरहरुले १ जुलाईदेखि कार्यभार सम्हाल्ने जानकारी प्राप्त भएको छ |  

अध्यक्ष राईले बताए अनुसार हालमा ती डाक्टरहरुको नियुक्ति कन्ट्राकचुयल बेसिसमा हुने भएपनि चाडै उनीहरुको स्थायी नियुक्तिको निम्ति युनियन टोली कलकत्ता जाने भएको छ | यसको साथै त्यसै भ्रमण अवधि थाँतीमा रहेको श्रमिकवर्गको पदोन्नति जो मुख्यमन्त्री समक्ष पेश गरि हिल अफेयर्समा विगत सांसद चुनाव अघिनै ठप्प रहेकोले उक्त आधिकारिक आदेशलाई पनि पुन: अवलोकन गरि यथाशिघ्र प्रक्रियामा ल्याउने युनियनको पहल रहनेछ |  

उक्त डक्टर नियुक्ती प्रकियालाई कार्यरुपमा परिणत गरिदिए बापद सचिव हिल अफेयर्स डिपार्टमेन्ट, सचिव फुड प्रोसेस डिपार्टमेन्ट, सिन्कोना निर्देशक डा-सामुइल राई, पूर्व चेयरम्यान बिनय तामाङ एवं वर्तमान चेयरम्यान अनित थापा प्रति सम्पूर्ण सिन्कोना प्लान्टेशनबासीको पक्षमा एवं सिन्कोना प्लान्टेशन वर्कस युनियनको पक्षमा हार्दिक कृतज्ञता प्रकट गरेको युनियन अध्यक्ष गगन राईले बताएका छन् ||


Viewing all articles
Browse latest Browse all 3853

Trending Articles