Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

शिशु शिक्षा केन्द्र भवनको उद्घाटन

$
0
0
Inauguration of Shishu Shiksha Kendra in Simley
दश नम्बर धुरा शिशु शिक्षा केन्द्रको नवनिर्मित भवन अनि भान्साघरको विधिवत उद्घाटन एक भब्य समारोह बिच सम्पन्न भयो | रवि प्रसाद राईको अध्यक्षतामा सम्पन्न एसएसके भवन उद्घाटन कार्यक्रमका मुख्य अतिथि सभासद रतन कुमार थापाको बाहुलीबाट नव निर्मित भवन उद्घाटन गरियो भने सुजता थापा डीइमो एसएसके सेलको बाहुलीबाट  भान्सा घरको उद्घाटन गरियो | पाठशालाको स्वयसेवी शिक्षक अरिफ मंगरले संचालन गरेको कार्यक्रममा प्रथम चरणमा सभापति, मुख्य अतिथि एवम विशिष्ठ अतिथि द्वारा डा० सर्वपल्ली राधा कृष्णनको तस्वीरमा माल्यार्पण अनि दीप जलन गरिएको थियो | केन्द्रका विधार्थीहरु द्वारा इश्वर बन्दना प्रस्तुत गरेपछि बालगीत साथै सुन्दर नृत्यहरु पनि प्रस्तुत गरियो जसमा भुतपुर्ब विधार्थीहरु अनि गाउँका नानीहरुले पनि अंश ग्रहण गरेका थिए | कार्यक्रममा गायक राजेन आले अनि वहाँका सहयोगी कलाकारहरु मणि राई, सुरेन थापा, अकल गुरुङ अनि सागर सुब्बा द्वारा पुराना गीत गजल प्रस्तुत गरेर दर्शकहरुलाई थप मनोरन्जन पनि दिलाए | सन् २००१ मा यस केन्द्र संचालन गर्दा ठुलो योगदान पुराउने व्यक्तिहरु रेखामणि राई अनि स्व० लालध्वज आलेकी धर्मपत्नीलाई सम्मान जनाइयो | मुख्य अतिथिको सम्बोधन राख्दै सभासद थापाले सरकारी तौरमा अनुमोदित सिमित रकममा यत्रो भवन निर्माण गर्न प्राय: असम्भव थियो तर यस केन्द्रको इन्चार्ज अनि पाठशाला परिवारको इमान्दारिताको कारण यो भवन पूर्णरुपमा सुन्दर ढंगमा निर्माण हुन सकेको कुरा राख्दै केन्द्रका इन्चार्ज बिलाश गुरुङ अनि पाठशाला परिवारलाई शुभकामना अनि बधाई प्रकट गरे | कार्यक्रमलाई आमन्त्रित अतिथि सरद राई, सुजता छेत्री, डीके छेत्री, सभापति जेएसएसके केन्द्रीय समिति, हरिप्रसाद राई ग्याङमेन मङपू विभाग अनि केन्द्रकै इन्चार्ज बिलाश गुरुङले पनि सम्बोधन गरेका थिए | केन्द्रका स्वयसेवी शिक्षिका योजना थापाले स्वागत सम्बोधन प्रस्तुत गरे भने सहायिका अजिता राईले धन्यबाद ज्ञापन गरे साथै स्वयसेवी शिक्षिका सुरक्षा आले अनि आइसीडीएस कर्मी पुजा गुरुङले कार्यक्रम संचालनमा सहयोग गरेका थिए | भवन निर्माणमा आ – आफ्नो तौरमा सहयोग गर्ने सभासद महोदय, सम्बन्धित विभागका अधिकारीवर्ग, जेएसएसके प्रतिनिधिगण, ग्याङमेन मङपु विभाग लगायत सम्पूर्ण ग्रामबासीमा इन्चार्ज बिलाश गुरुङले आभार प्रकट गरेका छन् ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles