Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

जीएनवाइएफद्वारा शहिदहरुको नाममा भण्डारा एवम १०८ दीप प्रज्वलन

$
0
0
dinchen sherap chyoling gumba Mungpoo
यहाँको नालीडाँडा स्थित डीन्छेन शेरप छोइलिंग गुम्बामा बौद्ध धर्मावलम्वीहरुको पवित्र महिना शागा दावा पाठ अनि न्युने चलिरहेकोले यसै कार्यक्रममा आज गोर्खा राष्ट्रीय युवा एकाई (जीएनवाईएफ)को तत्वधानमा अहिलेसम्म आफ्नो माटोको निम्ति शहिद बनेका गोर्खा सन्तान साथै सिमानामा देश रक्षामा प्राणको आहुति दिने गोर्खे सपुतहरुको नाउँमा भण्डारा साथै १०८ दीप प्रज्वलन गरियो | कार्यक्रम गोर्खा राष्ट्रीय युवा एकाईको तत्वधानमा भएतापनि उक्त कार्यक्रमलाई सफलीभूत बनाउन जुटेका सम्पूर्ण जनसाधारण प्रति कृतज्ञता पनि प्रकट गरेको छ |
गुम्बामा सम्पन्न भइरहेको उक्त न्युने व्रत आगमी १८ जूनको दिन समापन हुने भएकोले बौद्ध धर्मगुरुहरुबाट अभिषेक वितरण पनि गरिने छ भने सम्पूर्ण जनसाधारण तथा धर्मावलम्बीहरु प्रति हार्दिक निमन्त्रना पनि गरिएको छ ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles