Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

ग्राम आरोग्य सेवायानद्वारा नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न

$
0
0
Free health camp by Gram Arogya Sewayan
जीटीए अधिनस्थ ग्राम आरोग्य सेवायान एक मोबाइल मेडिकल युनिट दार्जीलिंगले आज मङपुमा नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न गर्यो | यहाँको लाब्दा विभाग स्थित दोङाग छोइलिङ बौद्ध सार्वजनिक गुम्बामा गुम्बा संचालन समितिसंगको संयुक्त आयोजनामा सम्पन्न शिविरमा रक्त चाप, जाँच, सुगर जाँच लगायत अन्य साधारण बिमारीहरुको स्वास्थ्य जाँच गर्नुको साथै नि:शुल्क औषधि पनि वितरण गर्यो | शिविरमा २०० भन्दै अधिक रोगीहरुले नि:शुल्क स्वास्थ्य जाँच गराउंदै औषधि पनि प्राप्त गरेका थिए | ग्राम आरोग्य सेवायान दार्जीलिंगबाट आएका डाक्टर कृपान्जली छेत्री (बीडीएस), अभिषेक गुप्त(फार्मासिस्ट), कल्पना छेत्री(जीएनएम स्टाफ), सुदेश्ना प्रधान(ल्याब टेक्निसियन) बाट रोगीहरुले जाँच गराउंदै रक्त चापको औषधि, सुगा, ज्वरो, खोकी, ग्यास आदिका औषधिहरु पनि ग्रहण गरे | शिविरलाई गुम्बा संचालन समितिको पक्षबाट सुरेन पाख्रीन, शेखर मोक्तान, मन्तोष सिंग्दन, सरिता तामांग, मनोरमा तामांग आदिले पनि सहयोग पुराएका थिए ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles