Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

विमलपन्थी दुई नेता नरेन्द्र काम्बाङ र भक्त खड्काको घर गर्यो कुड्की

$
0
0
दार्जीलिङ पहाडमा चलेको 105 दिनको बन्द अवधी गोजमुमो पार्टीका संस्थापक अध्यक्ष एवम् वर्तमान अवस्थामा भूमिगत रहेका विमल गुरुङसँगै भूमिगत बन्न परेका नरेन्द्र काम्बाङको घर पुलिसले कुर्की गरेको छ। यसका साथै अर्का विमल पन्थी नेता भक्त खड्काको घर पनि पुलिस प्रशासनले कुर्की गरेको छ।

छुट्टै राज्य गोर्खाल्याण्ड अन्दोलनको क्रममा उनीहरू माथि लागेको विभिन्न मुद्दाहरूको सुनवाई क्रममा न्यायालयमा उपस्थित नबनेपछि आखिरमा न्यायालयले सम्पत्ती कुर्की गर्ने आदेश दिएपछि पुलिसले उनीहरूको घर कुर्की गरेको हो। भूमिगत नेता विमल गुरुङको नजिकका मानिने केन्द्रिय कमिटी सदस्य नगेन्द्र काम्बाङको घर बाँसबोटे बजारमा लगभग ११ बजेतिर कुड्की गरेको छ। कुडकी गरेको समानहरुमा घरेलु प्रयोगमा रहेको बस्तुहरु पलङ सोफा टेबल लगायत रहेको छ। यसक्रममा हाम्रो सन्तानले पैसाको लालचमा नआएको कारण नै यस्तो बेघर हुने आवस्था सरकारले बनाएको तथा आफुप्रती घोर अन्याय भएको परिवार पक्षले जनाएको छ।
अर्कोतिर विमलपन्थी समष्टिको नेता भक्त खड्काको अप्पर लिङेसेबुङ स्थिति घर लगभग १० बजेतिर स्थानीय लोधोमा थानाले कुड्की गरेको छ जसमा घरमा रहेको पलङ लगायत घरेलु उपयोगाका समानहरु रहेका छन्।
‘यो घट्नाले हामीलाई अत्यन्तै दु:ख लागेको छ। आन्दोलनमा सँगै हिड्नेहरु खुल्ला रूपमा हिँडिरहेका छन् तर हाम्रो आवस्था यस्तो छ। लामो समयदेखि परिवारलाई छुटाएको थियो यति हुँदाहुदै आज हामीलाई बेघर बनाएको छ’ श्रीमती खड्काले बताइन्। यसक्रममा उनले भगवानमा भरोसा भएकोले एकदिन आफुहरुले न्याय पाउने पनि विचार व्यक्त गरिन्।

http://www.gafsaff.com/

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles