![]() |
हिज साँझ करिब ४:४५ बजे सिलिगुडीदेखि मङपु आइरहेको मारुती स्विफ्ट कार रम्बीमाथि एनएचपीसी सेक्टर एफ नजिक दुर्घटनाग्रस्त भएको छ | चालकले अचानक नियन्त्रण हराएको कारण असाधारण दुर्घटना भइ दुई दम्पति घाइते बनेको छ | पुलिस सुत्रबाट प्राप्त जानकारी अनुसार गाडी नम्बर डब्ल्युबी ७४ एएल ०५७६ कार दुर्घटना हुँदा सिलिगुड़ी मेडिकल मोड निवासी ५८ वर्षीय चरम गुरुङ अनि उनकी पत्नी ५२ वर्षीय सुन्तलीमायालाई टाउकोमा चोट लागेको छ जसलाई रम्बी अस्पतालमा साधारण उपचार गरि सिलिगुडीको निजि नर्सिङ होम पुराइएको छ | दुई दम्पति सिलिगुडीदेखि मङपु आफ्नो दाजुको घर आइरहेको समय यस्तो दुर्घटना भएको जानकारी प्राप्त छ ||