आगमी लोकसभा चुनावको मुखमा बर्तमान पहाडमा चुनावी प्रचार प्रसार द्रुत गतिमा चलिरहेको अवस्थामा पार्टी फेरबदल गर्ने कार्य पनि त्यति नै चलिरहेको छ | यसै लहरमा गत शनिबार जीएनएलएफ पार्टीका एक कर्मठ नेतृत्व मिलन प्रधानले गोर्खा जनमुक्ति मोर्चालाई समर्थन गर्ने भएको छ | तिनकै बास स्थानमा गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रीय समिति प्रवक्ता एवम मङपु लाब्दा समष्टि युवा नेतृत्व अनित खाती साथै गोर्खा जनमुक्ति मोर्चा मङपु लाब्दा समष्टि सचिव गगन राईले तिनीसित सौहार्दपूर्ण भेटघाट पनि गरे जुन बेला दार्जीलिंगको बर्तमान राजनीतिक स्थितिमाथि पनि गहन चर्चा भएको थियो | अब भावनामा डुबेर होइन यथार्थमा सचेत भइ अघि बढ्ने बिनय तामांग र अनित थापाको पहाडलाई जुन बिकाशको पराकाष्ठमा पुराउने अभियान छ यसैमा सबै लागी पर्ने बिषयमा बिशेष चर्चा भयो | यसै अवसरमा मिलन प्रधानले विगतको तितो मिठो अनुभव पोखे अनि कुनै पनि क्षेत्रमा कुनैपनि नेतत्वलाई केवल शंकाको नजरले मात्र नहेर्ने मन्तब्य पोखेका छन् | उक्त भेटघाटमा रम्बी हाइवे शाखा पार्टी सभापति राजेन मुखिया पनि उपस्थित थिए ||
↧