गत शनिबार स्थानीय मङपु विभागीय प्राथमिक पाठशाला भवनमा सिन्कोना हेल्पर एसोसिएशन केन्द्रीय समितिको सभा समितिकै सभापति साङदोर्जे तामांगको सभापतित्वमा सम्पन्न भयो | सिन्कोना बगानमा प्राय: ८ – ९ वर्षदेखि ठप्प रहेको ग्रुप डी पदोन्नतिलाई झट्ट सुचारु गराउनपर्छ भन्ने एक सुत्री माग लिएर संघर्ष गर्दै आइरहेका उक्त संगठन पूर्णरुपले अराजनैतिक रहेतापनि यसले सिन्कोना बगानको डाइरेक्टोरेट अन्तर्गत चारवटा युनिटहरु मङपु लाठपन्चर, रोंगो अनि मनसोङ अधिनस्थ १४ वटा विभागहरुमा नै सक्रिय शाखाहरु छन् |
सिन्कोना बगानमा प्राय: बन्द अवस्थामा रहेको उक्त ग्रूप डी पदोन्नति चाँडो खोलाइदिने विगतका धेरै नेतृत्ववर्गका प्रतिस्रुति रहेपनि आजसम्म सुचारु हुन नसकेकोले सिन्कोना बगानबासीमा एक प्रकारको निराशा छाउन थालेको छ | यसैले अबोप्रान्त यस संगठनले कुनै पार्टी र नेतृत्ववर्गको आश्वासन मात्र नभएर व्यवहारिक रुपमा परिणाम चाहन्छ | विगतमा पहाडको शासक दल र राज्य सरकारमाझ राम्रो तालमेल नरहेको कारण नै सिन्कोनाको उक्त मूल मुद्दा पार लाग्न नसकेको र बर्तमानमा त्यस मुद्दालाई पार लगाउन सकिने अतिनै अनुकुल समय रहेको संगठनले महशुस गरेको छ | विगत १५ मार्च को दिन सिटोङको चुनावी सभाबाट गोजमुमो अध्यक्ष एवम जीटीए चेयरमेन बिनय तामांगले सिन्कोनाको यस समस्या आगमी लोकसभा चुनावपछि दुई तीन महिना भित्रमा नै पूर्ण समाधान गरिदिने बचन दिएकोमा संगठन लगायत सिन्कोनाका पिडित जनता अतिनै बिश्वस्त बनेको छ | मङपु लाठपन्चर, रोंगो अनि मनसोङ अधिनस्थ १४ वटा विभागका सम्पूर्ण हेल्पर सदस्य सदस्या साथै चारै युनिटका पदाधिकारीवर्गको उपस्थिति रहेको उक्त बिशेष सभाले आजसम्म संगठनले लड्दै आएको सिन्कोनाको मूल मुद्दा ग्रुप डी पदोन्नतिमाथि राज्यका मुख्यमन्त्री ममता ब्यनार्जीको सहनुभुतिपूर्ण दृष्टि रहनेछ भने राज्यका टीएमसी सरकारले अवश्यै चुनावको लगत्तैपछि पार लगाउने पूर्ण भरोसाको साथ यस १७ औं लोकसभा चुनावमा टीएमसी पार्टी उम्मेदवार अमरसिंह राईलाई विपुल मतले विजय गराउन सभाले सामुहिक निर्णय लियो |
सिन्कोना हेल्पर एसोसिएशन केन्द्रीय समिति मूल सचिव मुनाल घिसिङद्वारा संचालित सभामा भुवनसिंह राई रोंगो युनिट, कमल कुमार राई लाठपन्चर युनिट, हेमन्त खवास सिटोङ साथै अन्य सहायकवर्गको व्यापक उपस्थिति रहेको थियो भने अमृत खड्का अनि सुजम छेत्रीले पनि सभालाई सम्बोधन गरेका थिए ||