Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

चुनावको मुखैमा पनि झण्डा फेर्ने क्रम जारी, ३० घर गोरामुमो सर्यो गोजमुमोमा

$
0
0
GNLF joins GJM in Meribung Tamsang samasty
हाम्रो प्रार्थी अमरसिहँ राईलाई उनीहरूको परिवारको सदस्यहरूले पनि भोट दिनेछैन भनेर एकजना गोरामुमो नेताले धाक पिटिरहेका थिए।तर अमरसहिँ राईलाई भोट दिन गोरामुमोकै परिवारबाट भटाभट आइरहेको छ। यो साताभित्रमामात्रै लगभग 2 सय  घर गोरामुमो  समर्थकहरू गोजमुमो सामेल भइसकेका छन्। अझ पनि थुप्रैजना गोजमुमोमा आउन इच्छुक छन्, उनीहरू पनि चाड़ै आउनेछन्, गोजमुमो दार्जीलिङ महकुमा समिति प्रवक्ता सन्दीप छेत्रीले आज यसो भने। चुङथुङ मेरीबुङ तामसाङ समष्टि अन्तर्गत 86 शाखा लालमान धुराबाट आज 30 घर गोरामुमो समर्थकहरू आज गोजमुमोमा सामेल हुन आएका थिए। त्यही अवसरमा उनले उक्त कुरा भनेका हुन्।
स्मरण रहोस्, गत दुई दिनअघिमात्र गोरामुमो केन्द्रिय प्रवक्ता निरज जिम्बाले गोजमुमो समर्थित तृणमूल प्रार्थी अमरसिहँ राईलाई विनय तामाङ, अनित थापा अनि अमरसिहँ राईका परिवारकै सदस्यहरूले समेत भोट नहाल्ने दावी गरेका थिए। यसैको कटाक्ष गर्दै छेत्रीले आज यसो भनेका हुन्।
समाज बहिष्कार गरेर, घऱ जलाएर, तोड़फोड़ गरेर विमल गुरूङले प्रताड़ित गरेका साँचो गोरामुमो समर्थकहरूको भावनामाथि गोरामुमोका नयाँ नेतृत्त्वहरूले खेलवाड़ गरेको कारणले नै लामो समयदेखि  कतै नडगमगाई गोरामुमोमा बसेका समर्थकहरू गोजमुमोमा सामेल भइरहेको र हालमा गोरामुमोमा खासा ( नक्कली) समर्थक अनि नेतृत्त्वहरूमात्रै बाँकी रहेको पनि प्रवक्ता छेत्रीले बताए।
चुङथुङ मेरीबुङ तामसाङ समष्टि अन्तर्गत 86 शाखा लालमान धुराबाट आज 30 घर गोरामुमो समर्थकहरूले गोजमुमो अध्यक्ष विनय तामाङको बाहुलीबाट झण्डा ग्रहण गरे। गोजमुमो समष्टि अध्यक्ष बीआर राईको नेतृत्वमा गोजमुमोमा सामेल भएका यी गोरामुमो समर्थकहरू विगत 34 वर्षदेखि गोरामुमो पार्टीमा रहिआएको भएतापनि आजदेखि गोजमुमोमा सामेल भएको पनि प्रवक्ता सन्दीप छेत्रीले बताएका छन्।
http://pratibymba.com/

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles