Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

"गोर्खाल्याण्ड र गणतन्त्र नै मेरो उम्मेदारिताको मूल आवाज हो" - आर. बी राई

$
0
0
CPRM President RB Rai for Gorkhaland LS Darjeeling Candidate
तृणमूल र भाजपाझैँ तानाशाही पार्टीहरूद्वारा प्रायोजित राजनीतिलाई नकार्दै अनि गोर्खाल्याण्डको मागलाई बुलन्द गर्ने अठोटसहित् आज क्रामाकपा अध्यक्ष श्री आर. बी. राईले निर्दलीय प्रार्थीको रूपमा दार्जीलिंग लोकसभा समष्टिको निम्ति आफ्नो नामांकन-पत्र बुझाए । नामांकन बुझाउन जाँदा श्री राईलाई साथ दिन सिलगढ़ीबाट सीपीआईएमएल लिबरेसनका दार्जीलिंग जिल्ला सचिव श्री अभिजित मजुमदार पनि उपस्थित रहेका थिए भने पार्टीका केन्द्रीय नेतृत्वलगायत समर्थकहरू पनि उपस्थित थिए। यसक्रममा चुनाउलाई चुनौतीको रूपमा स्वीकार्दै श्री राईले आफ्नो उम्मेदारिता गणतन्त्रलाई कुल्चने, जातिलाई धोका दिने, ढाँटछल गर्ने शक्तिहरूको विरुद्ध सकारात्मक शक्तिहरूलाई एकीकृत गर्ने अभियान हो भनी बताए। एकातिर उनले राज्य सरकारद्वारा गोर्खाल्याण्ड आन्दोलनकारीहरूमाथि गरिएको ज्यादतीको आलोचना गर्दै यसको विरुद्ध उभिनु आवश्यक रहेको बताए भने अर्कोतिर गोर्खा जातिको मुक्तिको नाममा सुडो न्यासनलिस्टहरू, जाली-फटाहाहरूलाई प्रश्रय दिनु नहुने बताए । गोर्खाल्याण्ड र गणतन्त्र नै आफ्नो उम्मेदारिताको मूल आवाज हो, उनले भने ।

श्री आर. बी. राईले मनोयन-पत्र बुझाएपछि श्री राईबारे बोल्दै पार्टीका केन्द्रीय प्रवक्ताले गोर्खा जाति र खटिखाने जनताको पक्षको सङ्घर्षमा नै आफ्नो सम्पूर्ण जीवन कुर्बानी गर्ने श्री आर. बी. राईको बारेमा जनतालाई बताइरहन नपर्ने बताए। प्रवक्ताले भने, जनताका निम्ति आफूले गरेका लामो राजनीतिक सङ्घर्ष, त्याग, तपस्या र इमान्दारिताले उनी जनताबीच गोर्खा राजनीतिका नमुना व्यक्तित्वका रूपमा परिचित र स्थापित भइसकेका छन्। राज्यसभा सांसद हुँदा नेपाली भाषालाई भारतको संविधानभित्र अन्तर्भुक्त गराउन उनले निर्वाह गरेको नेतृत्व जगजाहेर छ ।

चियाबारी, सिन्कोनाबारीलगायत यस क्षेत्रका विविध समस्याहरूबारे श्री राईले संसदमा निरन्तररूपमा उठाएका सवालहरूबारे अघिबाटै दुईवटा पुस्तिकाहरू प्रकाशित भइसकेको बताउँदै उनी सांसद हुँदा उनले पाउने सीमित सांसद कोषबाट दार्जीलिङ क्षेत्रभरिका विभिन्न स्कूलका भवनहरू, सङ्घ-संस्थाका भवनहरू, सामुदायिक भवनहरू, पुस्तकालयहरू, बाटो-घाटो, पूल, पानी र विद्युतीय व्यवस्थाहरू –को निर्माण र मरमतिका निम्ति दिएका अनुदानहरूको एउटा छुट्टै इतिहास छ रहेको बताए। “सांसद फण्ड पनि हुँदोरहेछ भन्ने कुरा हामीले आर. बी. राई सांसद हुँदा मात्र थाहा पायौं” भनेर जनताले दिनेगरेका अभिव्यक्तिहरूले पनि उनले त्यसताक गरेका विकासका कामहरूको पुष्टि गर्दछन् भनी प्रवक्ताले ठोकुवा गरे।

उनले भने, गोर्खाल्याण्डको मुद्दाकै निम्ति आर.बी राईले १९९६ मा बङ्गालको सत्तासीन दल सीपीआईएमसँग विद्रोह गरे । गोर्खाल्याण्डकै निम्ति उनले आफ्नो सांसदको पद र राजनीतिक जीवनलाई धरी दाउमा लगाए । “सत्ता, पद, पावर कि गोर्खाल्याण्ड ?” भन्ने निर्णायक घडीमा एक निमेष पनि दोधार नगरी उनी गोर्खाल्याण्डको पक्षमा उभिए । सब त्यागेर गोर्खाल्याण्डकै पक्षमा उनले क्रामाकपा गठन गरे । उनले निरन्तररूपमा गोर्खाल्याण्डको पक्षमा आवाज उठाएको आज २३ वर्ष भयो । कहिले राज्य सरकार अनि कहिले केन्द्र सरकारद्वारा प्रायोजित गोर्खे मुखण्डोधारी शक्तिहरू दार्जीलिङ पहाडमा स्थापित र विस्थापित भए । तर आर. बी. राईले सदैव आफ्नै स्वाधीन खुट्टामा उभिएर इमान्दार र स्वाभिमानी राजनीति गरिरहे । कहिले समूह बाँधेर लडे, कहिले एक्लै लडे तर सदैव इमान्दार भएर उनी गोर्खाल्याण्डप्रेमी जनताको निम्ति लडे । गोर्खाल्याण्ड भन्दै पद, पावर र सत्तामा पुग्नेहरू हामीले धेरै देख्यौँ तर गोर्खाल्याण्डको निम्ति पद, पावर र सत्ताको कुर्बानी दिने व्यक्ति श्री आर. बी. राई मात्र हुन्, क्रामाकपा प्रवक्ताले दाबी गरे।

क्रामाकपा मिडिया सेल

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles