Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

गोरामुमो र गोजमुमो बिमलपन्थीको गठबन्धन स्वीकार्य

$
0
0
Gorkha National Youth Front GNYF of GNLF
गोरामुमो शीर्षस्थ नेतृत्व र बिमल गुरुङपन्थी गोजमुमो बीचको गठबन्धनलाई मङपु गोरामुमो युवा एकाईले स्वागत जनाएको छ | दार्जीलिंग लगायत सर्वभारतीय गोर्खाहरुका सबैभन्दा महत्वपूर्ण विषय जातीय अस्मिता र चिन्हारी हो भन्ने भनाई मङपु गोरामुमो युवा एकाईको छ | गोरामुमो र गोजमुमो (बिमल गुट) बीच सिधान्त र राजनैतिक एजेण्डा एकै भएकोले गठबन्धनलाई युवा एकाईले स्वीकार्य ठानेको छ | यस मिलनलाई जातीय मर्यादाको निम्ति ऐतिहासिक कदम मानेका छन् | बितेको बिहिबार मङपु गोरामुमो पार्टी कार्यलयमा गोरामुमो युवा एकाईको साधारण सभा बस्दै यस गठबन्धनलाई स्वागत जनाउनुको साथै स्वीकार्य मानेको हो | गोरामुमोको हाल मङपुमा लोकसभा चुनावलाई केन्द्र गरेर युवा एकाई गठन गर्दै मङपु लाठ समष्टि र मङपु जोन पनि अस्तित्वमा ल्याएको छ |
मङपु लाठ समष्टिमा सभापति ज्ञानदीप राई, उपसभापति गणित गुरुङ(लाठपन्चर), सचिव दीपकर राई, सहसचिव दिपेन तामांग, भुपाल राई, कोषाध्यक्ष योगेश तामांग, लेखापाल वाङगेल तामांग, प्रवक्ता जिग्मी सिंग्देन चयन भएका छन् भने अर्कोतिर मङपु जोन गोरामुमो युवा एकाईमा अध्यक्ष प्रदीप राई, उपाध्यक्ष अमित छेत्री, सचिव प्रसन्न तामांग, सहसचिव साहिल राई, बुद्ध रसाइली, कोषाध्यक्ष अभिषेक राई, लेखापाल दिपेन तामांग अनि खगेन छेत्रीलाई चयन गरिएको छ | गोरामुमो र गोजमुमो बिमलपन्थीको यस गठबन्धनलाई लाठ मङपु समष्टि युवा एकाई प्रवक्ता जिग्मी सिंग्दनले महत्वपूर्ण साथै ऐतिहासिक बताएका छन् || 

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles