Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

विमल गुट गोजमुमो र गोरामुमोको गठबन्धन अमरसिँह राईलाई लाग्यो अपवित्र

$
0
0
Darjeeling hill trinamool congress meeting for Amarsingh Rai
गोजमुमो र तृणमूल कंग्रेसले यसपाली समय, काल र परिस्थिति हेरेर निर्णय लिएका हुन्। हिल तृणमूल कंग्रेस नेता एवं पार्टीको दार्जीलिङ चुनाउ प्रभारी राजेन मुखियाले आज पार्टी कार्यालयमा आफ्नो पार्टीबाट उम्मेद्वार बनाइएका प्रार्थी अमरसिंह राईलाई स्वागत जनाएपछि पत्रकारहरूसित कुराकानी गर्दै यसो भनेका हुन्।
उनलाई पनि विनय तामाङपन्थी गोजमुमो र तृणमूल कंग्रेसको यस्तो चुनावी गठबन्धन हुन्छ भन्ने लागेको थिएन। तरै पनि यसप्रकारको चुनावी तालमेल भएपछि पार्टीका केही कार्यकर्ताहरूले मन दुखाएको बताउँदै आजको बैठकमा ती कार्यकर्ताहरूलाई सम्झाउने काम गरिएको पनि बताए। आज अमरसिंह राईले स्थानीय जजबजारस्थित तृणमूल कंग्रेस पार्टी कार्यालयमा तृणमूल कंग्रेस कार्यकर्ताहरूसित एक बैठक गरे।
यसैबीच, उनले पत्रकारहरूसित कुराकानी गर्दै आगामी केही दिनपछि उऩी चुनाउ प्रचारको लागि सिलगढी झर्ने र त्यहाँ 10-15 दिन बस्ने बताए। उनले भने-दार्जीलिङ पहाडका तीनवटा विधानसभा क्षेत्रमा गोजमुमो र हिल तृणमूल कंग्रेसका नेतृत्व अनि कार्यकर्ताहरूले प्रचारको काम गर्नेछन्। यसैले म सिलगढी अनि समतलका अन्य विधानसभा क्षेत्रमा प्रचार गर्न जानेछु। एक प्रश्‍नको उत्तरमा अमरसिँह राईले भने-यस चुनाउमा हाम्रो प्रतिद्वन्दिता कुनै पनि पार्टी वा उम्मेद्वारसित हुनेछैन। किनभने, यो चुनाउ हामी सजिलैसित जित्नेछौं। यदि दार्जीलिङ लोकसभा आसनबाट भारतीय जनता पार्टीले एसएस आहलुवालिया नै उम्मेद्वार बनाए, हामीलाई धेरै सजिलो पर्नेछ। विमल गुरूङपन्थी गोजमुमो र गोर्खा राष्ट्रिय मुक्ति मोर्चामाझ भएको गठबन्धनबारे प्रश्‍न गर्दा उनले भने-राजनीतिमा कोही पनि स्थायी शत्रु र स्थायी मित्र हुँदैन। तरै पनि यी दुइ पार्टीको गठबन्धन अपवित्र गठबन्धन हो। जसको जवाब यसपालीको चुनाउमा जनताले दिनेछन्।
यसरी नै तृणमूल कंग्रेस नेता राजेन मुखियासित यो प्रश्‍न गर्दा उनले पनि राजनीतिमा असम्भव केही छैन भन्ने बताए। हामीले पनि गोजमुमो र तृणमूल कंग्रेस अनि विमलपन्थी गोजमुमो र गोरामुमोको मिलन हुन्छ भनेर सोंचेका थिएनौं। तरै पनि गठबन्धन भएको छ, अब जनतालाई कसले बुझाउन सक्छ, सम्झाउन सक्छ, त्यो ठूलो कुरा हुनेछ। तर हाल विकास, रोजगारको समस्या नै महत्वपूर्ण छन्। चियाबगान, सिन्कोना बगान आदिका जनताको पर्जा-पट्टा, मिनिमम वेजेस एक्टको माग छ। यस विषयलाई पार्टीले आफ्नो चुनावी घोषणा पत्रमा उल्लेख गर्नेछ। राज्यकी मुख्यमन्त्री ममता व्यानर्जी एक यस्ता महिला नेतृ हुन्, जसलाई बुझाउन सकिए, तत्कालै काम हुनसक्छ। यसैले यस चुनाउमा हाम्रो उम्मेद्वारको जीत भए, हाम्रा जति समस्याहरू छन्, ती समस्याहरू मुख्यमन्त्रीले पूर्ण गरिदिन्छिन् भन्ने विषयमा हामी आशावादी छौं।
 http://www.gafsaff.com/

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles