Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

अखिल भारतीय किराती खम्बु राई एसोसिएशनले चुनाउ वहिष्कार गर्ने

$
0
0
Akhil Bharatiya Khambu Rai Association members
अखिल भारतीय किराती खम्बु राई एसोसिएशनले यसपालीको लोकसभा चुनाउ वहिष्कार गर्ने चेताउनी दियो। आज यस्तै चेताउनी दिंदै एसोसिएशनका अध्यक्ष योगेश मुक्सु राईले भने-अखिल भारतीय किराती खम्बु राई एसोसिएशनको मूल माग जनजाति हो अर्थात राई समुदायलाई जनजातिको दर्जा दिनुपर्ने हो। यो माग लिएर संगठनले राज्यकी मुख्यमन्त्रीदेखि राज्यका सम्बन्धित विभागीय निकायहरूसमक्ष पनि पत्राचार गरिएको थियो। तर अहिलेसम्म पनि यसमाथि कुनै ठोस पहल नभएको कारण नै संगठनले यसपालीको चुनाउ वहिष्कार गर्ने निर्णय लिएको हो।
उनले आफ्नो संगठनमा 2.5 लाख सदस्य रहेको दावी गर्दै संगठनको यो निर्णयबारे हाम्रा सम्पूर्ण सदस्यहरूले राम्ररी थाह पाउन सकेका छैनन्। यसैले यसबारे विभिन्न स्थानमा सभाहरूको आयोजना गरेर संगठनको निर्णयबारे जानकारी दिइनेछ। उनले भने-राई समुदायको लागि दार्जीलिङ पहाड वा विकास बोर्डमा करोडौं रूपियाँ आइसकेको छ, तर सही विपन्न परिवारहरूको घर निर्माण गर्ने काम नै भएको छैन। तर कतिजनाको राम्रै घरलाई भत्काएर पुनः निर्माण गर्ने जस्तो पनि काम भइरहेको छ। हामीलाई केवल भोट हाल्ने मशिन जस्तो मात्रै बनाइएको कारण नै यसपाली हामीले चुनाउ नै वहिष्कार गर्ने निर्णय लिएका हौं।
यसबारे किराती खम्बु राई सांस्कृतिक संस्थानकी सचिवा विनीता खम्बु राईसित सम्पर्क गर्दा उनले अखिल भारतीय किराती खम्बु राई एसोसिएशनका सदस्यहरूलाई आफ्नो मताधिकार प्रयोग गर्ने अपील गर्दै कुनै पनि समस्याको समाधान कुराकानीमार्फत गर्न सकिने पनि जनाइन्। उनले भनिन्-भोट प्रत्येक भारतीय नागरिकको गणतान्त्रिक अधिकार हो। यति मात्रै होइन, यसपालीको चुनाउमा दार्जीलिङ लोकसभा आसनबाट दुइजना हाम्रै अर्थात राई समुदायकै उम्मेद्वारहरू खडा भएका छन्। जसमा एकजना अमरसिंह राई र दोस्रो आरबी राई। यसैले यो चुनाउ वहिष्कार गर्नको साटो जे समस्या छ, त्यसलाई कुराकानीद्वारा समाधान गरिएको उचित हुनेछ।

http://pratibymba.com

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles