Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

आह्लुवालियाले भने भूमिपुत्र उम्मेदवार भन्नेहरु नेपालका हुन् विनय रांकिए मागे प्रमाण

$
0
0
Those raising issue of Son of Soil candidate are from Nepal - SS Ahluwalia
‘भूमिपुत्रको कुरा जसले गरिरहेका छन्। वास्तवमा उनीहरू नै नेपालका हुन्’ – उक्त विवादित बयान दार्जीलिङ लोकसभा समष्टिका सांसद एस.एस आहलुवालीयाले दिएका छन्। उनले सिलगडी जङ्क्सनमा आयोजित एक समारोहपछि पत्रकारहरूले दार्जीलिङ लोकसभा समष्टिमा आगामी लोकसभा चुनावमा ‘भूमिपूत्र’-को आवाज उठिरहेको सन्दर्भमा प्रश्न गर्दा आहलुवालीयाले उक्त विवादित बयान दिएका हुन्।

छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दामा चुनाव जितेर गएका सांसद एस.एस आहलुवीवालीया वर्तमान समयमा केन्द्रिय मन्त्री समेत बनेका छन्। हालमा दार्जीलिङ पहाडमाबाट आगामी लोकसभा चुनावमा ‘भूमीपुत्र’ पार्थीको चर्चा चलिरहेको छ। सबै राजनैतिक दलहरूले नै पहाडबाट भूमिपुत्रलाई खडा गर्नुपर्ने चर्चा चलिरहेको अवस्थामा केहिदिन समय अघिदेखि विनय तामाङले पनि पहाडबाट भूमिपुत्र अथवा भूमिपुत्री प्रार्थी खडा गर्ने सम्भावना व्यक्त गरिरहेका छन्।

भूमीपुत्रको चर्चा चलिरहेको सन्दर्भमा नै प्रश्न गर्दा आहलुवालीयाले ‘भूमिपुत्रको चर्चा गर्नेहरू नेपालका हुन्’ भनी नयाँ विवाद सिर्जना गरिदिएका छन्। यसका साथै उनले आफु पनि भूमिपुत्र रहेको दावी गरेका छन् भने आफु बङ्गालको आसनसोलमा जन्मेको उनले बताएका छन्।छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा पहाडमा चलेको 105 दिने बन्दमा समेत आफ्नो संसदीय क्षेत्रको भ्रमण गरेर जनताको समस्या बुझ्न नभ्याएका सांसद आहलुवालीया अहिलेसम्म दार्जीलिङ पहाड समेत चढन सकेका छैनन्। यसैक्रममा उनी शुक्रबार सिलगडीमा आयोजित एक कार्यक्रममा सहभागी बन्न आएका थिए। सोही कार्यक्रमपछि उनी पत्रकारहरूले सोधेको प्रश्नको जवाब दिने क्रममा उक्त विवादीत बयान दिएका हुन्।

 अह्लुवालियाको वयानमाथि जोडदार विरोध गर्दै विनयले मागे प्रमाण

आगामी लोकसभा चुनावमा दार्जीलिङ पहाडबाट भूमिपुत्र उम्मेद्वार हुनपर्छ भन्ने चर्चा चलिरहेको अवस्थामा भूमीपुत्रको माग गर्नेहरू नेपालका हुन् भनि सांसद एस.एस आहलुवालीयाले विवादित बयान दिएका छन्। उनको उक्त विवादित बयानपछि आज गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनय तामाङले एक पत्रकार सम्मेलन जनाएर जोडदार विरोध जनाएका छन्।

उनले सांसद आहलुवालीयले भूमीपूत्रको कुरा गर्नेहरू नेपालका हुन् भनेर अपमानजनक बयान दिएको भन्दै उक्त बयानलाई प्रमाणित गर्नुपर्ने माग गरेका छन्। ‘दार्जीलिङ संसदीय क्षेत्रबाट भूमीपुत्र प्रार्थी हुनपर्छ भनेर अहिले पहाडमा एकमुष्ट विपक्षीदहहरूले प्रयास गरिरहेको छ भने गोजमुमो पार्टीले पनि भूमीपुत्र प्रार्थी नै हुनपर्छ भने तेस्रोमोर्चालाई लिखित रूपमा दिएका छौँ। यस्तो अवस्थामा दार्जीलिङ लोकसभा समष्टिबाट चुनाव जितेका सांसद एस.एस आहलुवालीयाले भूमीपुत्रको कुरा गर्नेहरू नेपालबाट आएका हुन् भने अपमानजनक बयान दिएका छन्। उक्त वक्तव्यको गोजमुमो पार्टी घोर विरोध गर्दछ’ विनय तामाङले भने।
सांसद एस.एस आहलुवालीयले जुन ठाउँबाट भोट जितेर सांसद बनिए त्यहीँ ठाउँका गोर्खाहरूलाई नेपालको हो भनि बयान दिनु गैरजिम्मेवारीपूर्ण रहेको भन्दै यसको प्रमाण दिनुपर्ने पनि विनय तामाङले माग गरेका छन्। तामाङले उक्त विवादित बयान विरुद्ध आफुहरू न्यायालय समक्ष जाने पनि चेतावनी पनि दिएका छन् भने सम्पूर्ण पहाडका राजनैतिक दलका नेताहरूले पनि विरोध गर्नुपर्ने आह्वान गरेका छन्। यसैक्रममा भूमिगत अवस्थामा रहेका विमल गुरुङ र रोशन गिरीहरूले पनि सांसद एस.एस आहलुवालीयाको बयानप्रति आफ्नो अडान स्पष्ट पार्नुपर्ने माग गरेका छन्।
यसैक्रममा उनले सांसद आहलीवायीले आफैलाई भूमीपुत्र ठान्छ भने आगामी लोकसभा चुनावमा पुन: दार्जीलिङमाबाटै खडा हुने चुनौति पनि दिएका छन्। ‘तिमी फर्केर दार्जीलिङ संसदीय क्षेत्रको प्रार्थी बनेर आउ त्यसको हामी जवाब दिनेछौँ’ विनय तामाङले भने।
http://www.gafsaff.com/    

Viewing all articles
Browse latest Browse all 3853