Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

सहीद जवानहरुको निम्ति श्रधान्जली

$
0
0
Tribute to Martyred CRPF Jammu Kashmir
गत बिहिबार जम्मु काशमीरको पुलवामा जिल्लामा भएको आतंकी हम्लामा ४२ भन्दा अधिक सिआरपीएफका जवानहरु सहीद बनेका छन् भने धेरै घायल बनेका छन् जो हाल उपचाराधिन छन् । यसरी एकैसाथ ४२ भन्दा अधिक देशका सुरक्षाकर्मी सहीद बनेपछि सम्पूर्ण भारत देशनै आत्म विवल बनेको छ । विभिन्न शहर, बजार, गांउ अनि गल्लीहरुमा ती बीर सहीदहरुका आत्मा शान्तिको निम्ति दियो, मैन बत्ती बालेर श्रधान्जली दिने काम भइरहेको बेला यता मङपु क्षेत्रमा पनि नालीडाडा ब्यापारी संगठन अनि स्थानीय मानिसहरु मिलेर शुक्रबार सांझ यहांको शान्ति चौक अर्थात नालीडांडा चुलीथुम्कामा सयौं मैन बत्ती बालेर काशमीरमा सहीद हुने बीर आत्माहरुको शान्तिको निम्ति श्रद्धापूर्वक श्रधांन्जली अर्पण गरेका छन् । यसको साथै ती स्थानमा यथाशिघ्र शान्ति फर्काइल्याउने पनि माग गरेको छ ।।

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles