Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

शारदा चिटफण्डमाथि सीबीआई जाँचकाण्डलाई लिए मङपुमा पनि भाजपा विरुद्ध पोस्टरिङ

$
0
0
Postering against BJP over Sharda Chitfund
कलकतामा भाजपाको केन्द्र सरकारद्वारा शारदा चिफण्डमाथि सीबीआई जाँच शुरु गर्न खोजेपछि उठेको विरोधले दार्जीलिंग पहाड पनि अछुन्न रहन सकेन | आज दार्जीलिंग पहाडभरि नै गोर्खा जनमुक्ति मोर्चा विनय तामांग समुहको भाजपा सरकार, प्रधानमन्त्री नरेन्द्र मोदी, अमित शाह आदिको विरोधमा नाराबाजी, पुत्ला दहन, र्याली तथा पोस्टरिङ गरिने काम भयो भने यता मङपु क्षेत्रमा पनि विभिन्न स्थानहरुमा पोस्टरिङ गरेर विरोध जनाएको छ | यदि शारदा चिटफण्ड मामिलामा सीबीआई जाँच नै हुन्छ भने पनि गणतान्त्रिक पध्व्तीमा हुनपर्थ्यो | केन्द्रले राज्यको मर्यादा नराखेर गणतन्त्रको हनन गरेकोमा हामी गोर्खा जनमुक्ति मोर्चाले यस पद्क्षेपको घोर विरोध गर्छौं | गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समिति सदस्य मिरेन लामाले यही सन्दर्भमा यसो भनेका हुन् | तिनले अझ भने, गोजमुमोले तेस्रो मोर्चामा टीएमसीसित गठबन्धन राखेकोले आफुहरु पनि एउटा घटक दलनै रहेको कारण आज गोजमुमो केन्द्रीय समितिले पनि एउटा निर्णय लिएर नारा जुलुस, पोस्टरिङहरु गरेको छ | मङपु मात्र सिन्कोना बगान भएकोले अचानक यस्तो कार्यक्रम गर्न नसकिए पनि एउटा सभा बसेर पोस्टरिङ गरेको हौँ | आगमी चुनावलाई हेरेर भाजपाले जुन प्रकारको अगणतान्त्रिक कदम चालिरहेको छ त्यसलाई हामी घोर विरोध गर्छौं, सफल हुन दिंदैनौ | अझ अघि बढ्न परे यसै विरोधलाई तिब्र गरेर आन्दोलन गर्नसम्म पनि हामी पछि हट्ने छैनौ | यसै कारण गोजमुमो केन्द्रीय समितिको भोलि हुने सभा पनि स्थगित गरेको छ र तेस्रो मोर्चाले के कसो निर्णय लिन्छ त्यसैको आधारमा आगमी कार्यक्रम हुनेछ | 
Postering against BJP at Nalidara

यता गोर्खा जनमुक्ति मोर्चा मङपु लाब्दा समष्टि सचिव गगन राईले पनि भाजपा सरकारले राज्यमाथि गरेको हेपाईलाई तेर्सो मोर्चाको घटक दल गोजमुमोले पनि कुनै हालतमा सहन गर्न नसक्ने बताउँदै गणतान्त्रिक देश भारतमा हरेक कारवाही गणतान्त्रिक तरिकाले नै हुनपर्छ भनी बताए | यस बाहेक तिनले आगमी ९ फरवरीको दिन पीडब्ल्यु बङलो फाटकदेखि बिचकमान सम्मको बाटो प्रिमिसिङको उद्घाटन, कटवाल गोलाईदेखि निर्मला चौकसम्मको नवनिर्मित बाटोलाई सम्बन्धित विभाग कहाँ हस्तान्तरण गर्दै उद्घाटन गर्ने, कपिश डाँडादेखि २३ नयाँ बाटो सम्म नयाँ बाटोको उद्घाटन गर्ने कार्यक्रम रहेकोले सबैलाई यसदिन उपस्थित भइदिने पनि आह्वान गरेका छन् ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles