Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

बर्मेक सिन्कोना बगानमा आफ्नै फुपूलाई गोली ठोकी मारेको आरोपी पुलिसको हातमा

$
0
0
Suren Rai arrested for murder case
आफ्नै वृद्ध फुपुको हत्या गरेको आरोपमा पुलिसले एक युवकलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार घट्ना कालेबुङ जिल्ला अन्तर्गत बर्मेक सिन्कोना बगानको हो। वृद्ध अवस्थामा रहेकी 85 वर्षीय फुपु ट्रिजा राईको हत्या गरेको आरोपमा कालेबुङ पुलिसले 35 वर्षीय भदै सुरेन राईलाई पक्राउ गरेको छ। उनलाई आज कालेबुङ न्यायालयमा पेश गरेपछि न्यायालयले 7 दिनको पुलिस रिमाण्डमा पठाएको छ।

प्राप्त जानकारी अनुसार गत 29 जनवरीको दिन वृद्ध ट्रिजा राईको मृत्यु भएको थियो। उनको मृत्युपछि सामाजिक संस्कार अनुसार हिजो (बिहीबार) परिवारले अन्तिम संस्कार गर्न लागेका थिए। यता उक्त मृत्यु सन्दिग्ध रहेको पुलिसलाई सूचना प्राप्त भएको दियो। वृद्ध महिलाको मृत्यु सन्दिग्ध रहेको पुलिसले सूचना पाउन साथै रामधुरा बर्मेक पुगेका थिए।
गाउँ घरका मानिसहरू मलामी जानलाई भेला भएका थिए। त्यसै समयम पुलिस पुगेपछि सबै मानिसहरू आश्चर्यमा परेको थियो। पुलिसले वृद्धा ट्रिजा राईको मृत्यु सन्दिग्ध रहेको परिवार पक्षलाई भनेपछि शवलाई सर्वप्रथम हेर्न दिने आग्रह गरेको थियो।
सुरुमा परिवार पक्षले अन्तिम संस्कार गर्न लागेको शवलाई पुलिसलाई हेर्न दिन अस्वीकार गर्दै वृद्ध ट्रीजा राई घरैला लडेपछि मृत्यु भएको बताएका थिए। यद्यपी पछिबाट पुलिसले शवलाई हेर्ने भएपछि उनीहरूले शवलाई बाकसबाट निकालेर हेर्न दिएको थियो। यस्तो अवस्थामा पुलिसले शवलाई हेरेर जाँच गर्न थालेपछि शरिरमा चोटसँगै एउटा गोली लागेको जस्तै छेँड समेत देखेपछि शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टम गरेको छ भने वृद्ध ट्रिजा राईको हत्या गरेको आरोपमा उनै भदै सुरेन राई(35) लाई पक्राउ गरेको छ।
प्रक्राउ पछि कालेबुङ पुलिसले घट्नाको वास्तविक तथ्य पत्तो लगाउन सोधपुछ गरिरहेको छ भने आज उनलाई कालेबुङ न्यायलयमा पेश गरेको छ। आरोपी सुरेन राई विरुद्ध पुलिसले मुद्धा सङ्ख्या 36/19 अन्तर्गत भारतीय दण्ड संहिताको धारा 302, आरडब्ल्यु25(1)(ए)/27 अन्तर्ग्त आर्म्स एक्ट अन्तर्ग्त मुद्दा दर्ता गरेको छ।
पुलिसले शवको जाँच गरेर आरोपी भदै सुरेन राईलाई सोधपुछ गर्दा उनले फुपुको मृत्युबारे सन्देहजनक बयान दिएपछि उनले नै हत्या गरेर शवलाई दफन गर्न खोजेको हुनसक्ने अनुमान गरेको छ। यसका साथै शवको शरीरमा छेँड भएको कारण झनै मृत्यु सन्देहजनक भएको छ। पुलिसले वृद्ध ट्रिजा राईको मृत्यु गोलि लागेको कारण हुनसक्ने भएकै कारण उनीमाथी आर्म्स एक्ट समेत लगाएको छ। यता आरोपी सुरेन राईलाई पुलिसले न्यायालयमा पेशी गरेर सम्पूर्ण तथ्यहरू पत्तो लगाउनलाई 7 दिनको पुलिस रिमाण्डमा लिएको छ।
http://www.gafsaff.com

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles