Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

वाहन दुर्घटनाले लग्यो चालकको ज्यान

$
0
0
Accident kills driver in Kalimpong
कालेबुङ जिल्ला अधिनस्थ लाभादेखि मुनि छुबा भन्ने ठाउँमा एउटा मार्सल दुर्घट्ना हुँदा वाहनका चालक विकास राईको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार छुबाबाट कालेबुङतर्फ फर्कनेक्रममा WB74-E, 7571 नम्बर भएको मार्सल दुर्घट्ना भएको हो।

उक्त दुर्घट्ना हिजो दिउँसो भएको हो भने दुर्गम क्षेत्रमा भएको कारण तत्कालै सहयोग पाउन सकेनन। छुबा क्षेत्रमा कतिपय काम सकेर फर्केको वाहन अचानक चिप्लेर ब्रेक नलागेपछी दुर्घट्ना भएको हो। दुर्घट्नामा परेर वाहनका चालक विकास राई गम्भीर घाइते भएपछी उनलाई उद्धार गरेर पेदोङ स्वास्थ्य केन्द्रमा ल्याइपुर्‍याएको थियो भने त्यहाँ डाक्टरले उनलाई मृत घोषित गरेको हो। 

उक्त दुर्घट्नामा परेर तीनजना गम्भीर घाइते बनेको छ भने हाल कालेबुङ जिल्ला अस्पतालमा उपचार चलिरहेको छ। दुर्घट्नामा परेर भूपेन्द्र राई(६०), कुमार राई (५२), निरमाया राई(५२) को अवस्था चिन्ताजनक रहेको छ।

दुर्घट्नाको समय वाहनका चार जना रहेका थिए भने एकजनाको मृत्यु अनि अन्य तीनजना घाइते बनेका हुन्। यता दुर्घट्नापछि वाहनका चालक विकास राईको मृत्यु बारे रोशन राईले जानकारी दिएका छन् ।

http://www.gafsaff.com

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles