गत मंगलबार स्थानीय दार्जीलिंग जिल्ला केन्द्रीय सहकारी ब्यांक मङपु शाखाद्वारा नजिकै रहेका लाब्दा ग्राम पंचायत सहकारी कृषि उन्नयन समिति मार्फत ४४ जना कृषकहरुलाई मोठ सोह्र लाख चौध हजार सात सय रुपियाँ अदुवाको कर्जा वितरण गर्यो | कर्जा वितरण लाब्दा स्थित समितिकै कार्यलयमा सम्पन्न भएको थियो जहाँ ब्यांकबाट शाखा प्रबन्धक उमेश ठकुरी साथै कार्यक्षेत्र अधिकारी गीता दिप्ती शर्मा उपस्थित थिए भने समितिबाट समितिकै सभापति मोहनलाल शेर्पा साथै अन्य निर्देशक मण्डली उपस्थित थिए | सहकारी समिति मार्फत प्रत्येक वर्षनै विभिन्न फसलहरुमा जिल्ला सहकारी ब्यांकले कृषकहरुलाई सस्तो ब्याजमा कर्जा दिने गर्दछन् साथै समयमा नै आफ्नो कर्जा भुक्तान गर्ने कृषकहरुलाई आफुले तिरेको सुदका केही प्रतिशत फिर्ता दिने गरेको छ | कृषक अनि कृषि सम्बन्धि विकाशमा सहकारी ब्यांक अनि सहकारी समितिहरुले अग्रिम भूमिका निर्वाह गरेका छन् | कर्जा वितरण सभामा ब्यांकबाट आएका वरिष्ठ अधिकारीवर्ग साथै समितिका सभापतिले सम्पूर्ण कृषकहरुलाई हौशला दिंदै देशका कृषि क्षेत्रलाई अझ सम्पन्न अनि विकशित बनाउने कुरो जनाए ||
↧