Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

गोर्खाहरूको परिचयको संकट समाधान गर्ने मुख्यमन्त्रीको घोषणा पछि विनयले दिए धन्यवाद

$
0
0
Binay Tamang with Mamata Banerjee in Netaji Janma jayanti in Darjeeling
मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जीलिङको चौरास्ताबाट नेताजी जयन्तीलाई सम्बोधन गर्दै गोर्खाहरूको राष्ट्रिय परिचयको संकटलाई सामाधान गर्ने घोषणालाई जीटीए बोर्ड अध्यक्ष एवम् गोजमुमो अध्यक्ष विनय तामाङले स्वागत जनाउँदै आभार प्रकट गरेका छन्। ‘गोर्खाहरूको राष्ट्रिय सुरक्षा अनि चिह्नारीको सन्दर्भमा मुख्यमन्त्री ममता व्यानर्जीले आज चौरास्ता परिसरमा दिनुभएको वक्तव्यको स्वागत गर्दै हामी उनीप्रति हार्दिक आभार पनि व्यक्त गर्दछौं’ विनय तामाङले भनेका छन्।

गोर्खा जनमुक्ति मोर्चाले गोर्खाहरूको राष्ट्रिय सुरक्षा अनि चिह्नारीको निम्ति अग्रपक्तिंमा उभिएर संघर्ष गरिरहेको छ भन्दै गोर्खाहरूको राष्ट्रिय सुरक्षा अनि चिह्नारीको सन्दर्भमा सबै थाँतीमा रहेका मुद्दाहरूमाथि पुनः सम्बोधन गरियोस् अनि स्थायी समाधानको मार्ग निकालियोस् भन्ने आफुहरूले चाहेको पनि तामाङले बताएका छन्।
यसैक्रममा उनले चियाबगान अनि सिन्कोना बगानवासीहरूको निम्ति पर्जापट्टा तथा न्यूनतम् रोजदर ज्यालाको पनि माग गरेका बताउँदै पर्जा-पट्टा अथवा जमीनको अधिकार हाम्रो राष्ट्रिय सुरक्षा अनि चिह्नारीको दिशामा महत्वपूर्ण उपलब्धि हुनेछ भन्ने विश्वास रहेको पनि विनय तामाङले बताएका छन्।
‘मुख्यमन्त्री ममता व्यानर्जीको आजको आफ्नो वक्तव्यले गोर्खाहरूको दीर्घकालीन समस्याहरूसितै सबै समस्याहरूको समाधान गरिदिने आश्वासन प्रदान गरेका छन्। यसको साथसाथै तेस्रो मोर्चा गठबन्धनले केन्द्रमा सरकार बनाएको खण्डमा 11 वटा जातगोष्ठीको मुद्दा पनि पूरा गरिदिने समेत वचन दिएका छन्’ विनय तामाङले भनेका छन्।
यसैक्रममा तामाङले प्राथमिक पाठशालाका 121 स्वयँसेवी शिक्षक/ शिक्षिकाहरूको नियुक्ति प्रदान गरिएकोमा पनि उनले मुख्यमन्त्री ममता व्यानर्जीलाई धन्यवाद दिएका छन्। ‘मैले अगावै 271 सेकेण्डेरी भोलिन्टियर टिचर्स, न्यू सेट-अप अप्पर प्राइमेरी भोलेन्टियर्स टिचर्सलाई स्थायीकरण गरिनुपर्ने, गैर- मान्यताप्राप्त विद्यालयहरूलाई सरकारी मान्यतासितै शिक्षकहरूलाई स्थायीकरण गरिनुपर्ने आदि मागहरू राज्य सरकारसमक्ष बुझाइसकेको छु। यसैको प्रक्रियास्वरूप नियुक्ति प्रक्रिया शुरू गरेर हाम्रो मागलाई मुख्यमन्त्रीले सम्मान गरिदिएका छन्’ तामाङले भनेका छन्।  
 यसैक्रममा मुख्यमन्त्री ममता व्यानर्जी हालको जीटीएको कानूनलाई पुन: अवलोकन गर्ने अनि अझ धेर क्षमता प्रदान गरिने अनि जीटीएको चुनाउ आगामी लोकसभा चुनाउपछि सम्पन्न गर्न सहमत भएको पनि विनय तामाङले बताएका छन्।
 http://www.gafsaff.com

Viewing all articles
Browse latest Browse all 3853