‘गोर्खा जनमुक्ति मोर्चाले देशको तेस्रो मोर्चा गठबन्धनलाई समर्थन गरेको कुरालाई पार्टीले सोझै नकार्दछ।किनभने विमल गुरुङको गोर्खा जनमुक्ति मोर्चाले अहिले पनि तेस्रो मोर्चा गठबन्धनलाई स्वीकार गरेको छैन’ उक्त कुरा गोर्खा जनमुक्ति युवा मोर्चा अध्यक्ष (विमल गुरुङ गुट) प्रकाश गुरुङले भनेका हुन्।
उनले आज एक प्रेस्स विज्ञप्ती जारी गरेर गोजमुमो अध्यक्ष विनय तामाङले तेस्रो मोर्चाको गठबन्धमा सामेल भएको घोषणालाई अस्वीकार गर्दै बिमल गुरुङ गुटकाहरू तेस्रो मोर्चामा सामेल नभएको बताएका छन्। ‘सत्तामा चोरबाटो पसेका विनय तामाङहरूको तथाकथित मोर्चा-२ को गठबन्धन भयो होला तर मूलबाटोमा बसेको गोर्खा जनमुक्ति मोर्चाले अहिले पनि गोर्खाल्याण्डको मुद्दालाई जिउँदो राख्न सत्तासँग सम्झौता नगरी सिँगौरी खेलेर बसिरहेको छ।पहाड, तराई अनि डुवर्सका जनता अहिलेसम्म पनि पार्टी अध्यक्ष बिमल गुरुङसँग छन्’ प्रकाश गुरुङले भनेका छन्।
उनले विगतको गोर्खाल्याण्ड आन्दोलनमा गोर्खाको छातीमा बन्दुकको निशाना साध्ने तृणमूल काँग्रेसको उम्मेदवारलाई लोकसभा चुनावमा जिताउने वचन विनय तामाङले दिएको पनि आरोप लगाएका छन्। जसले गर्दा तामाङले राजनीति स्पष्ट भएको बताएका छन्।
‘सुकुना घोषणामा जाति र माटोको सुरक्षा गरौँ भन्ने विनय तामाङले मुख्यमन्त्री ममता ब्यानर्जीलाई चडाएको माग पत्रमा गोर्खाल्याण्डको कुनै उल्लेख गरेका छैनन्।उनले बुँदा एकमा ‘गोर्खाहरूको राष्ट्रिय चिह्नारी एवं राजनैतिक सुरक्षा सुनिश्चित गरिनुपर्नेछ’ भनेता पनि गोर्खाल्याण्ड शब्दको प्रयोग नगर्नुले उनको माग केवल गोर्खाको आँखामा छारो हाल्ने कागजमात्र साबित भएको गोर्खा जनमुक्ति मोर्चाले ठहर गरेको छ।उनले गोर्खा समुदायका 11 वटा जातगोष्ठीलाई जनजातिको मान्यता प्रदान गरिनुपर्नेछ भनेर आफ्नो दोस्रो बुंदामा लेख्नु पनि केवल झुटको राजनीति हो।किनभने शीतकालीन सत्रमा बील नआउँदा राजनैतिक रोटि सेक्नु खोज्ने विनय तामाङले अध्यक्ष बिमल गुरुङको अनुरोधमा गएको टोलीलाई जनजाति मन्त्रीले बजेट सेसनको आस्वासन दिँदा रातारात भाका फेरेको पनि गोर्खा दाजु-भाईले देखिसकेका छन्’ प्रकाश गुरुङले विज्ञप्तीमाभनेका छन्।
अर्कोतर्फ गुरुङले सिन्कोना बगान अनि चिया बगानसँग सम्बन्धित मागहरू राज्य सरकार अघि चडाएको पुरानो मागहरू हुन् भन्दै सिन्कोना बगान र चिया कमानमा शोषण राज्य सरकारको उदासिन नीतिले गर्दा नै भईरहेको आरोप लगाएका छन्। सोहीक्रममा उनले पहाड, तराई अनि डुवर्समा गोर्खाहरूको राजनैतिक, भौगोलिक, सामाजिक अनि आर्थिक समस्याहरू गोर्खाल्याण्ड राज्यले मात्र गर्ने बताएका छन्।
‘भारतमा गोर्खाको सबैभन्दा पुरानो राजनैतिक माग हो गोर्खाल्याण्ड।डीजीएचसी अनि जीटीए जस्तो कामै नलाग्ने व्यवस्थालाई त्यागेर, ८० दिन अनि १०५ दिन लामो बन्दको कहालीलाग्दो विकट क्षणहरूलाई पनि हाँसी हाँसी आत्मसात गरेर अनि शहीदहरूको बलिदान र समर्पणलाई शिरमा राखेर गरिएको गोर्खाल्याण्डको आन्दोलनलाई तिलाञ्जली दिँदै, स्वार्थी बनेर केवल शक्तिभोग गर्नु विनय, अनित, आलोक, सतिशहरूका झुण्डले यसरी ब्रिग्रेड ग्राउण्डमा गोर्खाल्याण्डको मागलाई सेलाएका छन् अनि फगत रू० ४०० करोड मागेर भारतभरिको गोर्खाको सपना गोर्खाल्याण्डलाई साट्ने काम गरेका छन्’ प्रकाश गुरुङले विज्ञप्तीमा अझ भनेका छन् –‘विमल गुरुङले विनय-अनितले जस्तो यस्तो मञ्च पाउँदा, एनडीएले ठूलो मञ्च दिँदा जहिल्यै गोर्खाल्याण्डको माग राखेको इतिहास झुटो होइन।तर विनयपन्थीले यति ठूलो मञ्च पाउँदा पनि गोर्खाल्याण्ड नभनेर रू० ४०० करोडको माग राख्नु भनेको गोर्खाको सपनालाई बन्धकी राख्नु हो।’
अर्कोतर्फ प्रकाश गुरुङले पार्टी अध्यक्ष विमल गुरुङको नेतृत्वमा गोर्खा जनमुक्ति मोर्चा अहिले पनि गोर्खाल्याण्डको निम्ति सङ्घर्षरत रहेको दाबी पनि गरेका छन्। सोहिक्रममा उनले आगामी लोकसभा चुनावमा गोर्खा जनमुक्ति मोर्चाले गोर्खाल्याण्डको आवाजलाई नदबाउनेलाई भोट दिने पनि घोषणा गरेका छन्।
http://www.gafsaff.com