Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

विकाश बोर्ड र सरकारी सरकारी सहुलियतको आँखाले नदेखिएको गरीब घर

$
0
0
Milan Senchuri house at Rohini Kurseong
पश्चिम बंगाल सरकारद्वारा प्रदान गरिएको विभिन्न विकास बोर्डहरूले पहाड़मा गरीब र निरीहहरूको घरहरू धमाधम बनाइरहेका छन्। तर खरसाङ महकुमा अन्तर्गत घैयाबारी ग्राम पञ्चायत 1 भित्र पर्ने रोहिणी आले टप निवासी मिलन सिञ्चुरीको पुरानो , भत्केको सानो घर भने अहिलेसम्म कुनै पनि विकास बोर्डको नजरमा नपरेको गुनासो अघि आएको छ। बोर्डहरूले वास्तवमै गरीबहरूको घर चै निर्माण नगरेको जन गुनासो समय समयमा आउने गरेको छ। त्यस्तै गुनासो गरीब र निरीह भएर पनि मिलन सिञ्चुरीको घर विकास बोर्ड र अन्य सरकारी सहुलियतहरूबाट पनि नबनिनु कारणले निक्कै जन गुनासो देखिनु स्वाभाविक नै हो।
पाँचजनाको परिवार भएको मिलन सिञ्चुरीको घर सानो छ, भत्किसकेको पुरानो छ, किचन पनि छैन। तर पनि उनको नयाँ घर अहिलेसम्म बनिएको छैन। उनी रोहिणीमा सानो आरणको काम गरेर जीवन यापन गर्दै परिवार पनि पालिरहेका छन्। तर नयाँ घर निर्माण गर्नलाई भने जस्तो सम्पत्ति छैन। उनले धेरैपल्ट विकास बोर्डतिर घर निर्माणको लागि आवेदन गरे पनि घर निर्मीण हुन सकेको छैन। मिलन सिञ्चुरीले बताए अनुसार 8 महिना अघि बोर्डको सदस्य उनको घर निरीक्षण गर्न आए पनि अहिलेसम्म बोर्डबाट घर पाएका छैनन् अनि नयाँ घर बनिने सपना अधुरो नै रहेको छ। तिनको घर नजिकतिर 3 वटा घरहरू बोर्डबाट निर्माणको लागि पारित भएर आएको छ मेरो घर निर्माणको अत्तो पत्तो छैन भन्दै गरीबको घर निर्माण नहुनु दु:खको कुरा रहेको बताए।
मिलन सिञ्चुरीलो पत्रकारहरूलाई बताए – ” मैले धेरैवटा विकास बोर्डहरूलाई आफ्नो डकुमेन्ट बुझाएपनि घर पाएको छुइन, तर मेरो घरको अवस्था भने निक्कै दयनीय र पुरानो भएको साथै भत्केको घरमै बस्नुपर्ने बाध्यता रहेको छ। घरमा किचन पनि छैन र खाना पनि घरबाहिरपट्टि पकाउनु पर्ने बाध्यता छ। ” उनले अझ भने – “सायद बोर्डको घर हामी जस्तो गरीबको लागि होइन होला, यो त केवल धनीहरूको लागि मात्रा होला जसको बिल्डिङहरू छन्।”

http://pratibymba.com

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles