Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

एससी, एसटी अनि ओबीसी प्रमाण पत्र वितरण शिविर

$
0
0
SC ST OBC Certificate distribution Camp Mungpoo Sharda High School
हिमगिरी बोइस क्लबको आयोजनामा एसएसी, एसटी अनि ओबीसी प्रमाण पत्र वितरण शिविर यहाँको शारदा हाइ स्कूलमा सम्पन्न भयो | महकुमा अधिकारी कौशिक सिन्हाको महत्वपूर्ण उपस्थितिमा सम्पन्न कार्यक्रम गोविन्द तामांग, बिकी तामांग, दर्शन राई, रोशन राई अनि धिरेन तामांगको बिशेष पहलमा भएको थियो | यक्त शिविरमा खण्ड विकास अधिकारीको प्रतिनिधिको रुपमा बीसीडब्ल्यु निरीक्षक फुर्मु दुलमा लेप्चाको टोलीको पनि सहभागिता रहेको थियो | पूर्ण कार्यक्रमलाई हिमगिरी बोइस क्लबका सदस्यवर्गले सहयोग पुराएका थिए | यस शिविर अन्तर्गत स्थानीय मानिसहरुले जम्मा १२ वटा एससी, १८१ वटा एसटी अनि १४९ वटा ओबीसी प्रमाण पत्र प्राप्त गर्न सकेका थिए | कार्यक्रममा स्थानीय टीएमसी पार्टी आरआर ब्लकका सदस्यहरुले पनि सहयोग पुराएका थिए भने कार्यक्रममा ग्राम पंचायत सचिवहरु रेसेप ग्राम पंचायतका डीपी मोक्तान, रोंगचोंग ग्राम पंचायतका सचिव रमेश प्रधान साथै ग्राम पंचायत सदस्यवर्गको पनि उपस्थिति रहेको थियो || 

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles