‘पश्चिम बङ्गाल सरकारले सृजना गरेको कृतिम कानुनी समस्याले उत्पन्न गरेको संकटकालमा समेत आज हामीले आफ्नो माटोबाट टाडा रहेर पनि जातिय उन्मुक्तिको निम्ति एउटा संघर्ष गरिरहेका छौँ’ – उक्त कुरा भूमिगत नेता रोशन गिरीले एक प्रेस विज्ञप्ति जारी गरेर भनेका हुन्।
वितेको वर्ष 2017 मा चलेको छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको समयदेखि भूमिगत अवस्थामा रहेका गिरीले लामो समयपछि विज्ञप्ती जारी गरेर अहिले पनि ‘जातियहीतको निम्ति काम गर्ने अठोट बोकेर काम गरिरहेका छौं’ भनेका छन्।
केहि महिना यता गोर्खा समुदायका 11 जात गोष्ठिलाई जनजातिको मान्यता भाजपा सरकारले दिनेछ भन्ने दाबी गर्दै आएका रोशन गिरीले आज जारी गरेको विज्ञप्तिमा मूल मूद्दा गोर्खाल्याण्ड हो भन्दै मुद्दासँग सम्झौता गरेनौँ पनि भनेका छन्।
‘हाम्रो मूल मुद्दा गोर्खाल्याण्ड हो। यदि अध्यक्ष बिमल गुरुङको नेतृत्वमा गोर्खा जनमुक्ति मोर्चाले यस मुद्दासंग सम्झौता गरेको भए आज पनि हामी जीटीएको कुर्सीमा नै बसिरहेको हुने थियौं होला । तर हामीले सङ्कटपूर्ण बाटोलाई रोज्यौं, गोर्खाल्याण्डको मुद्दासँग सम्झौता गरेनौं’ रोश गिरीले विज्ञप्तिमा भनेका छन्।
यसक्रममा उनले 11 जात गोष्ठिलाई जनजाति बनाउने प्रयास गरेको दाबी पनि गरेका छन्। ‘आज हामीले गोर्खाको छुटेका एघार जनजातिको बील ल्याउने जुन प्रयास गरिरहेका छौं, यो हाम्रो जातिको रैथाने हक र अधिकारको निम्ति हो। यो कुनै व्यवस्थासँगको सम्झौता होइन। यसले हाम्रो गोर्खाल्याण्डको मूल मुद्दालाई बिथोल्दैन बरु झनै शक्तिशाली बनाउँछ’ गिरीले दाबी गरेका छन्।
‘भारत जस्तो बृहत्तम देशमा हाम्रो मुद्दाहरू छिराउनु धेरै संघर्ष गर्नुपर्छ। यो सजिलो काम होइन तर नहुने काम पनि होइन। हाम्रो पार्टीले विभिन्न दैलो, विभिन्न व्यक्तिहरूलाई भेटेर यसको औचित्य बुझाउने, दबाव दिने कामहरू भएको छ। केन्द्रले पनि अहिले हाम्रो मुद्दालाई सुन्नु थालेको अवस्था छ। हामी दिने ठाउँमा छैनौं, मागेर लिने ठाउँमा छौ’ गिरीले थप भनेका छन्।
यसक्रममा उनले सबैले जातिको हीतमा आफ्नो दलगत, विचारगत सबै स्वार्थ भुलेर गोर्खाको छुटेका एघार जनजातिको बीललाई बाधा पुरयाउने कार्य नगरिदिनु भनि अपिल पनि गरेका छन्।
http://www.gafsaff.com