Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

मिरिकमा दुइवटा बस पल्टी झर्दा मुम्बईबाट आएका पर्यटकहरु घाइते

$
0
0
Bus accident at mirik
नयाँवर्षको अवसरमा मिरिकमा घुम्न आएका पर्याटकहरूको दुईवटा बस घैयाबारी नजिक दुर्घट्नाग्रस्त हुँदा धेरै मानिसहरू घाइते भएका छन्। मिरिकमा रमाइलो गरेर सिलगडीतर्फ फर्कनेक्रममा उक्त दुईवटा बसहरू घैयाबारीमा बाटोमुनी झरेर दुर्घट्ना भएको हो। दुर्घट्नको कारण मुम्बईको विभिन्न प्रान्तहरूबाट मिरिक आएका पर्याटकहरूसँगै विद्यार्थीवर्ग घाइते भएका छन्।
प्राप्त जानकारी अनुसार मिरिक घुम्न आएका पर्याटकहरू दिनभरी नयाँ वर्षको अवसरमा मिरिकको प्राकृतिक सौन्दर्यहरूको मनोरञ्जन लिएर सिलगडी फर्कने क्रममा लगभग राती 8 बजेतिर घैयाबारी पुग्दा सडकवाट सोझै तल झरेको हो। एउटा बस सडकबाट लगभग सयफिट तल झरेको छ भने अर्को बस सडकमुनी जङ्गलमा अल्झिएको छ।
मिरिकबाट सिलगडी फर्कने क्रममा डब्ल्यु बी 76-1176 अनि डब्ल्यु बी 73-1947 नम्बर भएको दुईवटा बसहरू दुर्घट्नामा परेको हो। दुवैवटा वाहनमा धेरै सङ्ख्यामा पर्ययटकहरू सवार रहेका थिए भने उनीहरू घाइते भएका छन् भने समाचार लेखुञ्जेलसम्म कसैको ज्यानको भने नोक्सानी भएको छैन।
उक्त दुर्घट्नाको जानकारी पाउनसाथ मिरिक नगरपालिका अध्यक्ष एल.बी राई घट्ना स्थलमा पुगेका थिए भने उनीहरूलाई उद्धार गरेर सुकुना स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारको निम्ति भर्ना गरिएको थियो। दुर्घट्नामा परेर एउटा बसको चालकको अवस्थामा भने गम्भीर रहेको थाह लागेको छ|
 http://www.gafsaff.com/

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles