Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

२९ माइलमा वाहनले हिर्काएर ७० वर्षीय वृद्धको मृत्यु, चालक फरार

$
0
0
Old man dead at vehicle accident at 29 mile teesta
कालेबुङ, 2 जनवरी। राष्ट्रिय राजमार्ग 10 अन्तर्गत 29 माइलमा एउटा वाहनले एक वृद्धलाई हिर्काएर चम्पट कसेको छ भने 70 वर्षिय वृद्ध कुलबहादुर दर्जीको मृत्यु भएको छ। उक्त घट्ना आज बिहान लगभग 10 बजे भएको हो। वाहनले लागेर घाइते बनेका कुलबाहादुर दर्जीलाई स्थानीय मानिसहरूले तत्कालै रम्बी अस्पताल पुर्याेइएको थियो भने अस्पतालमा चिकित्सकले उनको मृत घोषित गरेका हुन्।
प्राप्त जानकारी अनुसार राष्ट्रिय राजमार्गको 10 अन्तर्गत 29 माइल निवासी 70 वर्षिय वृद्ध कुलबहादुर दर्जी बिहान सडक पार गर्ने क्रममा एउटा वाहनले हिर्काएर चम्पट कसएको हो। अधिक रफ्तारमा रहेको वाहनले उनलाई हिएकार्पछि वाहन नरोकि भागेको कारण कसैले चिन्न सकेन। जसको कारण उक्त हिर्काउने वाहनको कुनै पत्तो लाग्न सकेको छैन।
वाहनले हिर्काएर घाइते बनेका वृद्ध कुलबहादुर दर्जीलाई स्थानीय देखेपछि तत्कालै उद्धार गरेर रम्बी प्राथमिक स्वास्थ केन्द्रमा पुर्याहइएको थियो। जहाँ उनलाई चिकित्सकले मृत घोषित गरे। मृतक कुलबहादुर दर्जीलाई कुन वाहनले हिर्काएको हो भन्ने अहिलेसम्म पत्तो लाग्न सकेको छैन। यसबारे पुलिसले प्राथमिकी दर्ता गरेर घट्नाबारे जाँच गर्दै चम्पट कसने वाहनको खोजि अभियान सुरु गरेको छ।

http://www.gafsaff.com/

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles