Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

मङपुमा शीतकालीन फूटबल प्रशिक्षण शिविर शुरु

$
0
0
winter football camp mungpoo
मङपु गेम्स एण्ड स्पोर्ट्स अकादमीको तत्वधानमा नयाँ सालको उमंग सहित एक महिनाव्यापी फूटबल प्रशिक्षण शिविरको उद्घाटन कार्यक्रम समिति अध्यक्ष दिलिप गुरुङको सभापतित्वमा सम्पन्न भयो | कार्यक्रममा मुख्य अतिथि तथा पुर्व खेलाडी एवम रेफ्री आरपी शेर्पा अनि विशिष्ट अतिथिहरुमा पुर्व खेलाडी एवम शिक्षक शुक्र राई, प्रकास चन्द्र राई प्रधान अध्यापक शारदा उच्च विधालय, चन्द्रकला शिक्षिका प्रभारी सरस्वती उच्चतर माध्यमिक विधालय, शिक्षक रुपक थापा आदिको उपस्थिति रहेको थियो भने हालमा जम्मा ४० जना प्रशिनार्थीहरुलाई लिएर प्रशिक्षण शुरु गरिएको छ |  पहिलो दिनमा नानीहरुलाई एक घण्टा फूटबलको कौशल र अनुशासन माथि जानकारी गराइएपछि केही क्षण मैदानमा प्रशिक्षण गरियो | शिविरको मुख्य प्रशिक्षक राजा गुरुङ एमपीएड, गगन थापा भूतपूर्व सैनिक र शिक्षक अभिषेक गहतराजको निग्रानीमा नानीहरुलाई प्रशिक्षण शुरु गरिएको थियो | विभोर तामांगले संचालन गरेको कार्यक्रममा भुतपुर्व खेलाडी बिरेन तामांग, द्रौपद राईलाई पनि खादार्पण गरि सम्मान जनाइयो | अन्तमा शिविरको सफलताको निम्ति मङपु गेम्स एण्ड स्पोर्ट्स अकादमी सचिव सुजीत राईले सहयोगको आश्वासन सहित उपस्थित सबैलाई धन्यबाद प्रकट गरेक थिए ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles