Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

लाब्दा ग्राम सेवक मैदानमा इन्क्लुसिभ स्पोर्ट्स इभेन्ट २०१८ सम्पन्न

$
0
0
Inclusive Sports Event 2018 Mungpoo circle by Samagrha Siksha Abhiyan
मङपु सर्कलका परिदर्शिका अमिना तामांगको बिशेष अगुवाईमा समग्र शिक्षा अभियान मार्फत इन्क्लुसिभ स्पोर्ट्स इभेन्ट २०१८ लाब्दा ग्राम सेवक मैदानमा भव्यतापुर्वक आयोजना गरियो | यस खेल प्रतियोगिता आयोजन गर्ने मुख्य भूमिका विकलांग नानीहरुलाई उत्साहित तथा प्रेरणा प्रदान गर्न रहेको जानकारी मङपु सर्कलका परिदर्शिका अमिना तामांग(एसआई) ले दिएका छन् | खेल प्रतियोगितामा विभिन्न प्राथमिक पाठशालाबाट प्रतियोगीहरु उपस्थित थिए | खेल मैदानमा मङपु सर्कलका विभिन्न प्राथमिक पाठशालाका शिक्षक शिक्षिकाहरुले प्रतियोगितामा सहयोग पुराएका थिए भने मङपु सर्कलका सबै स्टाफहरुले पनि सहयोग पुराएका थिए | यसै कार्यक्रम बीच ग्राम सेवक प्राथमिक पाठशालाका नानीहरुले सुन्दर नेपाली नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई खुबै रोचक बनाएका थिए | बिशेष छोटो अवधिमा यस प्रकारको स्प्रोर्ट्स गरेर मङपु सर्कलले छुट्टै एउटा नाम अघि राख सफल भएको छ भने नानीइहरुलाई पदाईमा मात्र सिमित नराखेर खेल जगतमा पनि आफ्नो दक्षता हासिल गर्ने मौका एसआई अमिना तामांगले दिएका छ | कार्यक्रममा मङपु सर्कल अध्यक्ष रतन अधिकारी सहायक शिक्षक लाब्दा एमएसके, अतिथिहरुमा हर्क बहादुर राई बरिष्ठ नागरिक, पासांग तामांग ग्राम सेवक प्राथमिक पाठशाला उपस्थिति समिति अध्यक्ष, किरण पाख्रीन सहायक शिक्षक लाब्दा एमएसके, अरुण पाख्रीन भूतपूर्व प्रधान शिक्षक ग्राम सेवक प्राथमिक पाठशाला आदि उपस्थित रहेका थिए ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles