Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

दिल्ली बिमल खेमाका ७२ घर विनयपन्थी गोजमुमोमा सामेल

$
0
0
Delhi Hariyana Bimal supporter joins Binay GJM
गोर्खा जन मुक्ति मोर्चा विमल खेमाका गढ मानिएका हरियाना गुडगाउँ शाखाबाट पनि आज ७४ घर विनयपन्थी गोजमुमोमा सामेल भएका छन्। उक्त जानकारी दिल्ली एनसीआर उपाध्यक्ष एव पार्टी प्रवत्ता समिरण खम्बु राईले दिएका छन्। दिल्ली एनसीआर अध्यक्ष विनोद प्रधानको अध्यक्षतामा सम्पन्न एक जनचेतनामूलक कार्यक्रम हिजो हरियाणा गुडगाउँ सेक्टर २२ स्थित एउटा समाजिक भवनमा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा दिल्ली गोजमुमो नेतृत्ववर्ग साथै हरियाणा शाखाको साझा प्रयासमा सम्पन्न गरिएको थियो।
उक्त कार्यक्रमको सञ्चालक दिल्ली एनसीआर महासचिव विनोद घलेले गरेका थिए भने अन्य वक्ताहरु क्रमैले कोषाध्यक्ष निरज रावत छेत्री, सुजित राई  अनि विपुनम थापाले सम्बोधन गरेका थिए। प्रमुख वक्ताको रुपमा सभालाई दिल्ली एनसीआर अध्यक्ष बिनोद प्रधानलाई सम्बोधन गरेका थिए। सोही सभाबाट दुईजना संयोजक सुजित राई अनि विपुनम थापालाई चयन गरियो।
गुड़गाउँबाट आफ्नो समर्थनमा आएका नयाँ समर्थकहरूलाई विनय तामाङले पनि स्वागत जनाएका छन्। दिल्लीमा पनि अब विमल गुरूङको लुक्ने ठाउँसमेत बन्द भएको उल्लेख गर्दै जनतासामु विमल गुरूङको झूटको पर्दा अब उघ्रिदै गइरहेको पनि तामाङले दावी गरेका छन्।

http://pratibymba.com/

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles