Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

11 जातगोष्ठीको बील पारित नगरे भाजपा नेताहरूलाई जुत्ताको माला लगाइदिनेछौँ – बारुद थापा

$
0
0
GJM Youth leader Barud Thapa
भारतीय जनता पार्टीले बारम्बार पहाडका जनताको भावनासँग खेलवाड गरिरहेको गोर्खा जनमुक्ति युवा मोर्चाले आरोप लगाएको छ। गोजमुमो युवा मोर्चाको केन्द्रिय कमिटिको आज डेलोमा बसेको वैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै उपाध्यक्ष बारुद थापाले भाजपाले पहाडवासीलाई धोका दिने मात्र कार्य गरिरहेको आरोप लगाएका हुन्।

उनले संसदको शीतकालिन सत्रमा 11 जातगोष्टिलाई जनजातिको मान्यता दिलाउने बील पेश गर्छु भनेर भाजपा नेताहरूले बयान दिए पनि सरकारको सूचीमा उक्त बील नहुनु ठूलो धोका हो भनेका छन्। जसको परिणाम भाजपा नेताहरूले भोग्नका निम्ति तयार बस्नुपर्ने थापाले चेतावनी दिएका छन्।
‘संसदको शीतकालिन सत्रमा 63 वटा बील पेश हुने सूची सार्वजनिक भएको छ। उक्त सूचीमा गोर्खाहरूको 11 जातगोष्ठीलाई जनजाति बनाउने बील नै छैन। यो गोर्खाहरूमाथि धोका हो’ बारुद थापाले अझ भने –‘भाजपा सरकारले त्यस सूचीमा एउटा बील अझ थपेर होस् अथवा एउटा अन्य बील छाँटेर होस् गोर्खाहरूलाई जनजाति बनाउने बील समावेश गरेर पेश गर्नै पर्छ। यदि पेश गर्दैन भने त्यसको परिणाम भोग्न भाजपा नेताहरू तयार बस्नुपर्नेछ। हामी सिलगडीमा नै झरेर मुकुल रोय, आहलुवालीया अनि दिलिप घोषलाई जुत्ताको माला लगाइदिनेछौँ’
भाजपाले पहाडका जनतालाई ढाँटेर 10 वर्षसम्म ठगेको भन्दै यसपल्टको संसद सत्रमा जनजाति बनाउने बील पेश नगरे गोजमुमोले हरेक ठाउँमा भाजपाको विरोध गर्ने पनि थापाले बताएका छन्।
यसैक्रममा पत्रकारहरूलाई सम्बोधन गर्दै गोजयुमो प्रवक्ता अनित खातीले केन्द्रिय समितिको वैठकमा विविध साङ्गठनिक चर्चा परिचर्चा गरेको बताउँदै युवा मोर्चाले सङ्गठनलाई दह्रिलो बनाउने कार्यलाई अघि बडाउने तय गरिएको बताएका छन्। यसका साथै युवा मोर्चाको कोर कमिटि समेत गठन गरिने प्रस्ताव पारित भएको उनले बताएका छन्।
 http://www.gafsaff.com/

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles