Quantcast
Channel: Mungpoo News
Viewing all articles
Browse latest Browse all 3853

जीटीए चेयरमेन्स गोल्ड कप ९ दिसम्बरदेखि, हेर्नोस खेलको फिक्सर

$
0
0
GTA Chairman´s Gold Cup 2018 Match Fixture, Schedule
सिलगडी: चियरमेन्स गोल्डकप फुटबल प्रतियोगिताको औपचारिक घोषणा गरिएको छ। यहाँको होटल सरोवरमा आयोजित एक कार्यक्रममा स्पोर्ट्स काउन्सिल, जीटीएको आयोजनामा आगमी 9 दिसम्बर देखि 23 दिसम्बरका दिनसम्म सम्पन्न हुने चिरमेन्स गोल्डकप फुटबल प्रतियोगिताको औपचारिक घोषणा गरिएको हो।

जीटीए बोर्ड अध्यक्ष विनय तामाङले उक्त फुटबल प्रतियोगिताको औपचारिक घोषणासँगै फुटबल खेलको फिक्सर पनि सार्वजनिक गरेका छन्। यस अवसरमा कार्यक्रममा पश्चिम बङ्गाल राज्य खेलकूद मन्त्री लक्ष्मी रतन सुक्ला, पर्यटन मन्त्री गौतम देव, जीटीए मुख्य सचिव एस.एच. सैयद अहमद बाबा, लगायत दार्जीलिङ जिल्ला पुलिस अधिक्षक, कालेबुङ जिल्लापाल आदिको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत समोधन गर्दै जीटीए मुख्य सचिव एस.एच. सैयद अहमद बाबाले दार्जीलिङ पहाडमा फुटबलको गरिमालाई फर्काउनका निम्ति जीटीए अध्यक्ष विनय तामाङले प्रयास गरिरहेको अनि सोहि अनुरूप चियरमेन्स गोल्डकप फुटबल आयोजना भइरहेको बताएका छन्।
 
GTA Chairman´s Gold Cup 2018 to start from 9 december
‘दार्जीलिङ पहाडमा सङ्गीत अनि फुटबलको आफ्नै गरीमा छ। तर दुर्भाग्यवस फुटबलको गरीमा गुमाएका छौँ अनि त्यहीँ गरीमालाई पुन: 33 वर्षपछि फर्काएर ल्याउने प्रयास गरिरहेका छौँ। चियरमेन्स गोल्डकप फुटबल टुर्नामेन्ट पहाडको फुटबलक गरीमालाई फर्काउने प्रयास हो’ विनय तामाङले कार्यक्रमलाई सम्बोधन गर्दै भने।
 उनले यस फुटबल टुर्नामेन्टमा चर्चित टोलिहरूले भाग लिइरहेको बताउँदै आगमी 9 दिसम्बरका दिन सालुगडाबाट खेलको आरम्भ हुने पनि घोषणा गरेका छन्। यसका साथै उक्त खेलका अन्य खेलहरू दार्जीलिङ, कालेबुङ, खर्साङ, सुकुना अनि मङ्पूमा पनि हुने घोषणा गरेका छन्।  
 
‘खेलकुदले आर्थिक बिकास र शाररिक स्वास्थ्य मात्र राख्दैन तर यसले सामाजिक एकता पनि बनाएर राख्ने कार्य गर्दछ। हामी दार्जीलिङ पहाडमा विगत दसवर्ष यता दुरदर्शीता नभएको नेताको कारण गुमेका सामाजिक एकतालाई पनि स्थापित गर्ने कार्य गर्नेछौँ’ विनय तामाङले अझ भने –‘जीटीएले नागाल्याण्डको हर्नबिल उत्सवकै बराबरीमा विश्वविख्यात ट्राइबल उत्सव गर्ने तयारी पनि गरिरहेको छ।’ यसैक्रममा उनले उक्त फुटबलको निम्ति मुख्यमन्त्री ममता ब्यानर्जी अनि पश्चिम बङ्गाल सरकारप्रति पनि आभार प्रकट गरेका छन्।
यसैक्रममा कार्यक्रममलाई सम्बोधन गर्दै खेलकूद मन्त्री लक्ष्मी रतन सुक्लाले जीटीए चियरमेन्स गोल्डकप फुटबल आयोजनाका निम्ति जीटीए अध्यक्ष विनय तामाङप्रति बधाई दिँदै यस प्रतियोगिताले पहाडमा फुटबलको गरीमा फर्किने आशा व्यक्त गरे। यसैक्रममा उनले जीटीए मुख्य सचिव सैयद बाबाको पनि प्रशंसा गर्दै उनी जहाँ जान्छन् त्यहाँ फुटबलको गरीमा फर्किने गरेको बताए। उनले जीटीए मुख्य सचिव सैयद बाबाको अगुवाईमा नै भारतले अन्डर 17 विश्वकप फुटबल खेलेको बताउँदै पहाडबाट पनि विश्वकप खेल्ने खेलाडीहरू निस्कन सक्ने आशा व्यक्त गरेका छन्।
कार्यक्रममलाई पर्यटन मन्त्री गौतम देवले पनि सम्बोधन गरेका थिए भने जीटीएलाई आगामी दिनहरूमा पनि राज्यसरकारको पक्षबाट आफुहरू हरेक प्रकारको सहयोग गर्न तयार रहेको बताएका छन्।
 http://www.gafsaff.com

Viewing all articles
Browse latest Browse all 3853