Quantcast
Viewing all articles
Browse latest Browse all 3853

अनित थापाद्वारा निर्मला चौकदेखि सरस्वती स्कुलसम्मको सडकको शिलान्यास

यहाँको निर्मला चौक गोलाईदेखि सरस्वती हाई स्कूलसम्मको जीर्ण सडकलाई पीएमजीवाईएसबाट निर्माण गर्न गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन बीओए उपाध्यक्ष अनित थापाले आज शिलान्यास गर्यो | आज निर्मला चौकमा आयोजित शिलान्यास कार्यक्रममा विधिवत पुजा अर्चना गरेपछि उपाध्यक्ष थापाले जीटीएले कम समयमानै धेरैवटा बिकाशमुलक कामहरु गरेको बताए भने आज शिलान्यास गरिएको सडकको भोलि अर्थात ३० नोभेम्बरदेखिनै ज्ञान ज्योति कन्स्ट्रक्शन मङपुले काम शुरु हुने पनि बताए | यसै अवसरमा लाब्दा विभागदेखि जोगीघाट जाने सडकको जीर्ण अवस्था बारे सोधिएको प्रश्नमा बोल्दै यसै सडक भएर भोलिको दिनमा जोगीघाटमा निर्माण हुने युनिभर्सिटी जाने हुनाले यस सडकलाई मानासम्म पीडब्ल्युडीमा हाल्ने जीटीएको पूर्ण योजना रहेको अनि आगमी ३ दिसम्बरमा जीटीएको सभा बस्दै उक्त स्कीममा हालेर सडकको मर्मति गरिने पनि थप जनाए | यसरी नै विगत एक वर्षदेखि डाक्टररहित मङपु सरकारी अस्पतालको सन्दर्भमा तिनले डाक्टरको निम्ति जीटीए अन्तर्वार्ताहरु बोलाइनै रहेको भए पनि आजसम्म कसै नआएको साथै यस्तो डाक्टरको कमी सबैतिरनै हालमा रहिआएको बताए भने जीटीएले डाक्टर नियुक्तिको निम्ति साउथ इन्डियातिर पनि जानकारी पठाइरहेको बताए |
शिलान्यास गर्न आइपुगेका उपाध्यक्षले यहाँको निर्माणाधीन सरकारी कुइलेन कारखाना साथै निर्माणाधीन सरस्वती मोडेल हाइस्कुलको पनि भ्रमण गर्दै निर्माण कार्यको जायजा लिएका थिए | यसै अवसरमा गोजयुमो महकुमा समिति सचिव बिज्ञेन मिश्रले मङपुको पीडब्ल्युडी फाटकदेखि रेसेप बजार, कटवाल गोलाईसम्मको सडकमा मेस्टीक गरिने अनि कटवाल गोलाईदेखि बीचकमान दोकान डाँडासम्म पनि अलकत्रे सडकको कार्य जीटीएले चाडै शुरु गर्ने बताएका छन् ||

Viewing all articles
Browse latest Browse all 3853

Trending Articles